काठमाडौं - प्रधानन्यायाधीश सिफारीसका लागि संवैधानिक परिषदको बैठक आज (बुधबार) बस्दै छ ।

न्याय परिषद्को बैठकले वरिष्ठताका आधारमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमसेर जवराको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि परिषदले जेठ २९ गते न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो । तर, संसदीय सुनुवाइ समितिले जोशीलाई अस्वीकृत गरिदियो ।

गत फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन छ।

बहालावाला न्यायाधीशमध्ये ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका दाबेदार हुन् । दुई जनामध्ये वरिष्ठताको आधारमा ओमप्रकाश मिश्रको नाम सिफारिस हुने सम्भावना बढी छ ।

संवैधानिक परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।   रातो पाटी बाट