काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशको १ को नाम किरात हुनुपर्ने भन्दै पार्टी र सरकारमा छलफल भइरहेको बताएका छन्।
मंगलबार किरात राई यायोक्खा ३१ अौं स्थापना दिवस तथा १ नम्बर प्रदेश किरात प्रदेशु विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीसँग किरातको विषयमा सोच मिलेको महसुस गरेको बताए। प्रदेशको नाम किरात नै नाम रहने र आफू किरातकै लागि लड्ने प्रचण्डले बताए। यो ठूलो कुरा हो, सानो कुरा होइनु, उनले भने, यो जातिवाद र साप्रदायिकताको कुरै होइन।
प्रचण्डले प्रदेशको १ को नामाकरण अरुभन्दा विशिष्ट रहेको बताए। अहिले १ नम्बर प्रदेशको नामाकरणको कुरा छ। यो अरु सबैभन्दा विशिष्ट छु, उनले भने, यसकै नाम किरात नै रहनुपर्छ भन्ने कुरामा हामी गम्भीर रुपले अहिले पार्टी र सरकारमा छलफलमा छौं। उनले किरातको कुरा गर्दा जातिवाद ल्याइयो भने त्यो ठूलो भूल हुने दोहोर्याए।
उनले किरातलाई पृथ्वीनारायण शाहले समेत माइनसु गर्न नसकेको बताउँदै कम्युनिस्टहरुले इतिहास र सभ्यतालाई आधार बनाएर भविष्यको गोरेटो कोर्ने भएको हुनाले यो सभ्यतालाई हामी कुनै पनि हालतमा बिर्सिन नसक्ने बताए। ुयो खालि किरातीहरुसँग मात्रै सम्बन्धित कुरा होइन। यो नेपालको पनि सभ्यतासँग जोडिएको कुरा भएकाले यसको विशिष्ट अर्थ र महत्त्व छु, उनले थपे, मलाई विश्वास छ– तपाईंहरुको चाहना र भावना अनुसार यसको नाम किरात नै रहने छ।
ुकसैले किरातभित्र कुनै किसिमले अपव्याख्या वा अपमानित गर्ने कुरा गर्यो भने मचाहिँ अन्तिम समयसम्म तपाईंहरुको साथमा लडी नै रहन्छुु, प्रचण्डले भने, मचाहिँ छोड्ने छैन। यति विश्वास म दिलाउन सक्छु। नेपाल लाइभबाट










