विष्णुप्रसाद पोखरेल

दमक/झापा दमकका ८ जना ब्यवसायीहरु मिलेर दमक २ भाङबारीमा करिब १० करोडको लागतमा सुविधायुक्त फनपार्क बनाउन शुरु गरेकाछन् । बुधबारदेखि काम शुरु भएको हो । यसका लागि ७ बिगाह जमिन ब्यवस्थापन गरिएको जनाईएको छ । दमक चोकबाट करिब ३ किलोमिटर दुरीमा दमक बेलुडाँगी सडकमा यो पार्कस्थल रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाम्रो दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रा.ली. नामका कम्पनी मार्फत दमकका लोकप्रीय एवं सफल ब्यवसायीहरुले साझेदारीमा यो काम अघि बढाएकाहुन् । प्रकाश प्रशाइ, योगराज दंगाल, पुष्पप्रसाद खनाल, राजेन्द्र दंगाल, गोपाल बस्नेत, किशोर खनाल, बिप्लव दंगाल र टोविन्द्र केसीको यसमा लगानी रहेको बताईएको छ ।

दमकमा एउटा पनि आकर्षक टुरिजम क्षेत्र नरहेको अवस्थामा एउटा आकर्षक टुरिजमस्थल बनाउने आफुहरुको ध्यय अनुसार काम अघि बढेको यसका अध्यक्ष प्रकाश प्रशाइले बताए । उनका अनुसार आउदो बैशाख १ गते नयाँ बर्षको अवसरमा यसको उद्घाटन गर्ने लक्ष्य अनुसार काम अघि बढाइएको हो ।

चिल्ड्रेन पार्क, स्विमिङपुल, घोडचडी, गार्डेन, बर्थ डे मनाउनेस्थल, म्यूजिकल एरिया, डुंगा शयर(बोटिङ),पार्टी प्यालेस, पिकनिक स्पट, आधुनिक बार लगायतका सुविधाहरु भित्र रहनेछन् । आन्तरिक तथा बाह्य पर्यटक यहाँ आएर पर्यटकहरु सहज रुपमा दुइचार घण्टा रमाउन सक्नेछन, प्रशाइले भने ।

दमकमा नीजि क्षेत्रले पर्यटकीय रुपमा सबैभन्दा ठुलो लगानीमा बनाउन लागेको पर्यटकीय क्षेत्र यो नै पहिलो हुनेछ । यस प्रकारका पर्यटकीय स्थलहरु दमकमा अहिलेसम्म बनेका छैनन् । बिभिन्न संघसंस्थाहरुको कार्यक्रम गर्नका लागि सहजहोस भनेर पार्टी प्यालेस समेत यहि भित्र रहने सञ्चालकहरु बताउछन् ।