विष्णुप्रसाद पोखरेल दमक । झापाको दमक बजारलाइ बन्द निषेधित क्षेत्र कायम गरिएको दमक उद्योग बाणिज्य संघले जनाएको छ । १० बर्ष अघिदेखि नै दमकलाइ बन्दमुक्त बनाइने भनेर स्थानीय राजनीतिक दल तथा सरकोरवाला निकायहरुले मौखिक रुपमा प्रतिबद्धता जनाएपनि ब्यवहारमा लागु नभएकाले एकबर्ष यता यसलाइ संघको पहलमा नै कार्यन्वयनमा ल्याउन शुरु गरिएको बताईएको छ ।

मंगलवार जनमुक्ति पार्टी निकट लिम्बुजान राज्य परिषदले बन्दको घोषणा गरेपनि त्यसको प्रभावमा दमकमा देखिएको थिएन । दमक उद्योग बाणिज्य संघले दमकलाइ बन्द निषेधित क्षेत्र घोषणा गरिसकिएको जनाउदै सबै ब्यवसायीलाइ पसल खोल्न आग्रह गरेको थियो । त्यसै अनुसार मंगलवारको बन्दको प्रभाव दमकमा नपरेको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवं बन्दमुक्त दमक कार्यन्वयन समितिका संयोजक बिमल खतिवडाले बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँका अनुसार बन्दमुक्त कार्यन्वयनको घोषणा भएयता दमकमा कुनै पनि प्रकारको बन्दको प्रभाव परेको छैन । बन्दको प्रभाव देखाउन बजार क्षेत्रमा बिस्फोटक पदार्थ राख्ने, पडकाउने जस्ता कृयाकलापहरु समेत बिगतमा भएको भएपनि कार्यन्वयनका लागि आफुहरु लागिपरेको खतिवडाले जनाउनु भयो । हामी दमकलाइ बन्दमुक्तको रुपमा बिकास गर्छौ र अब कसैको पनि बन्दमा दमक बन्द हुदैन, खतिवडाले भन्नुभयो ।

संघले आफ्नो साधरणसभाबाट नै दमकलाइ बन्दमुक्त नगरको रुपमा बिकास गर्ने र बन्दको अवज्ञा गर्ने उल्लेख गरेर अघि बढेको दमक उद्योग बाणिज्य संघले बताएको छ । मुलकमा लोकतन्त्र आएको र ब्यापार ब्यवसाय गर्ने वातवरण सिर्जना हुन लागेको अवस्थामा कसैले पनि बजार बन्द गराउनु नहुने भन्दै सबैको सहयोग यसमा मिल्ने अपेक्षा लिएको खतिवडाले बताउनु भयो । बन्दले सबैभन्दा बढि बिपन्न ब्याक्तिहरुको जीबनमा असर गर्छ, यहि भएर बन्द सधैका लागि बन्द गर्नुपर्छ, खतिवडाले भन्नुभयो ।

दमकलाइ बन्द निषेधित बनाउने क्रमममा ३ बर्ष अघि बिभिन्न जातीय तथा क्षेत्रिय पार्टीहरुसंग बिबाद समेत भएको थियो । त्यसपछि बन्दको समयमा दमकको सुरक्षा ब्यवस्था कडा पारिदै आएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार दमकमा बन्दको कुनै प्रभाव परेको देखिएन । बजार तथा यातायातका सवारी साधनहरु सहज रुपमा चलेका थिए ।

यसभन्दा अगाडि नै लामो समयदेखि झापाको कन्काइ नगरपालिकामा पर्ने सुरुगा बजार बन्दमुक्त बजारको रुपमा परिचित रहेको छ । यहाँ जनआन्दोलनपछि कुनै पनि बन्दको प्रभाव अहिलेसम्म परेको छ । नगरपालिकाले बन्द निषेधित क्षेत्र पहिचानका लागि स्तम्भ बनाउने नीति तथा कार्यक्रम र बजेटमा नै उल्लेख गरेको छ । सुरुगापछि झापा कै गौरादह नगरपालिकामा रहेको गौरादह बजार पनि बन्द निषेधित कायम रहेको छ ।