विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक बहुमुखि क्याम्पस सञ्चालक समिति र प्रशासन बिरुद्ध प्राध्यापकहरु आक्रमक रुपमा प्रस्तुत भएकाछन् । क्याम्पसमा भएको बेथितिहरु सार्वजनिक भएपछि प्राध्यापक र कर्मचारीका संघसंगठनले यस बिषयमा मुख फोरेकाहुन् ।
ब्यवस्थापकीय र प्रशासकिय कमजोरी, प्राध्यापक र कर्मचारीहहरुलाइ अतिरिक्त समयको भनेर उपलब्ध गराइने गरेको पारिश्रमिक, उपदान लगायतका कारण क्याम्पस धराशयी भएको बिषय सार्वजनिक भएको थियो ।
क्याम्पस साढे ३ करोड भन्दा बढि घाटामा रहेको र यो सुधार नभए क्याम्पस बन्द हुनसक्ने भन्दै सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुले बताएपछि प्राध्यापक तथा कर्मचारीहरु यसको प्रतिरक्षामा उत्रेकाछन् ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष, क्याम्पस प्रमुखले बोलेका कुरा , क्याम्पस सभाको लेखा प्रतिबेदन नै सत्यतथ्यमा आधारीत नभएको प्राध्यापकहरुले आरोप लगाएकाछन् । प्रमाण र तथ्य सहितका समचारहरु बिरुद्ध आक्रमक भएर बिज्ञप्ति निकालेको पाईएको छ ।
छाप र संगठनका अध्यक्षहरुको नाम उल्लेख नगरी पठाइएको बिज्ञप्तिमा सञ्चालक समितिले कृत्रिम रुपमा घाटा देखाएको आरोपि लगाईएको छ । यसमा विश्वास नगर्न भन्दै प्राध्यापकहरुले क्याम्पसको संरचना भत्काउदै बनाउदै गर्दा यो अवस्था आएको समेत आरोप लगाएकाछन् ।

तर क्याम्पस सञ्चाल समितिले घाटाको विवरण स्पष्ट ल्याएको छ । निर्माण खर्चमा घाटा देखाईएको छैन ।
क्याम्पस सञ्चालक समितिले बनाएको कार्यदलले दिएको प्रतिबेदन अनुसार क्याम्पस ३ करोड ५१ लाख ८४ हजार ५ सय ४० रुपिया घाटामा रहेको छ । यसलाइ क्याम्पसको दायित्व भनिएको छ । आर्थिक बर्ष २०७४÷७५ अन्त्यसम्ममा प्राध्यपक कर्मचारीको तलव र ओभरटाइम काम गरेबापत १ करोड १४ लाख ८४ हजार ५ सय ४०, बिद्यार्थी कल्याणकोष ऋण सापटी फिर्ता गर्न बाँकी ५० लाख, प्राध्यापक कर्मचारी कल्याण कोष ऋण सापटी फिर्ता दिन बाँकी ९० लाख र अवकाश पं्राप्त प्राध्यापकलाइ उपदान भुक्तानी दिन बाँकी ९७ लाख रुपिया देखाइएको छ ।
क्याम्पस प्राध्यापकहरुका कारण बढिमात्रामा क्याम्पस घाटामा गएको प्रतिबेदनमा औल्याउन खोजिएको छ । छिमेकका यहि प्रकृतीका क्याम्पसहरु अध्ययन गर्दा कुनै क्याम्पसले साप्ताहिक कक्षाभार २१ र २४ पिरियड गरेको पाइएपनि यहाँ पनि १८ मात्र भएको पाइएको भन्दै यो हटाउनु पर्ने र कम्तिमा २१ बनाउनु पर्ने सुझाव राखिएको छ । यहि क्याम्पसमा पहिला २४ पिरियड समेत रहेको पाईएको जनाउदै यसलाइ घटाउदा अहिले यो अवस्था आएको औल्याइएको छ ।











