काठमाडाैँ । नेपाली सेनाकाे कमाण्ड अाजदेखि बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा सम्हाल्नुहुने भएकाे छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना कमाण्डकाे जिम्मा दिनुहुने भएकाे छ ।
प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लाग्नुभएकाे हाे ।
बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी पाउनुहुनेछ । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँ शहरमा जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटबाट सेवा अाराम्भ गर्नुभएकाे थियाे ।










