दमक÷ दमक नगरपालिकाले आगामी आर्थिक वर्षमा खर्च गरिने बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले आगामी आर्थिक वर्षको बजेट ३५ करोड रुपैयाँ बराबरको हुने जानकारी दिए । वजेटमध्ये ९ करोड सामाजिक सुरक्षा, आन्तरीक श्रोत १० करोड तथा बाह्य श्रोत १६ करोड रुपैयाँ बराबरको रहेको छ । प्रस्तुत वजेटमा बताबरण मैत्री बिकासलाई उच्च प्राथमिकतमा राखिएको छ । दिगो बिकास तथा जनसहभागिता मुलक योजनालाई जोड दिएको अधिकृत दाहालले बताए । योजनामा वडा स्तरीय एक सय २३, लक्षित ९८, नगर स्तरीय ३५, प्रवद्र्धनात्मक ३१ ओटा योजना तथा कार्यक्रमहरु नगरपालिकाको श्रोतबाट सञ्चालन हुने जनाइएको छ । भने प्राप्त अन्य सबै योजना बैंकको रुपमा राखि क्रमश प्राथमिकता दिईने नगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा दमक अस्पतालको सेवा विस्तार, शहरी सौन्दर्यकरण, पार्क निर्माण, ईन्द्रेणी ताल र विज्ञान पार्कलाई उच्च प्राथमिकता दिइएको छ । यसरी नै वजेटमा दमक गौरवका योजनाको डिपीआर तयार भएसँगै योजना निर्माण अघि बढाइने जनाइएको छ । कार्यक्रममा तारावारी डिपो, क्याम्पसमोड आम्दाहुदै पाङमी चौक, सगरमाथा पेट्रोलपम्पबाट भृकुटी चौक जोड्ने सडकलाई नमुना सडकको रुपमा सञ्चालन गरिने भएको छ । यस सडक अन्र्तगत ढल, सौर्य वत्ती, फुटपाथ र बृक्षरोपण सहितको रहने जनाइएको छ । भाषा, साहित्य उत्थान र गतिविधीलाई समेत प्राथमिकता दिने जनाएको नगरपालिकाले दमक–४ मा खेलकुद प्रतिष्ठान बनाउने बताएको छ । दमक बसपार्क क्षेत्रको पूर्वीभागमा रवि चिसापानी सडकका लागि बस स्टेन निर्माण गरिने भएको छ भने आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचित जनप्रतिनिधीहरुका लागि अत्याधुनिक साजसज्जा भएको कार्यालयको कक्ष व्यवस्थापनमा समेत वजेट बिनियोजन गरिएको छ । यसरी नै दमकका विभिन्न चौकलाई पहिचान र शौदर्यता प्रदान गर्न राष्ट्रिय विभुति तथा बिशिष्ट व्यक्तीहरुको शालिक निर्माण गरिने समेत जनाइएको छ । दमक १६ मा एक नम्वर प्रदेशको आधुनिक नाट्याशाला निर्माणकालागि साढे तीन विगाहा जग्गा समेत उपलव्ध गराइएको जनाइएको छ । भने वाडन् ४ मा स्पोर्ट एकेडेमी निर्माण योजना अघि वढाइएको अधिकृत दाहालले जनाएका छन् ।
दमक नपाको ३५ करोड बजेट सार्वजनिक
सवाल नेपालसंवाददाताशुक्रबार, २८ पुस २०७३

दमक नपाको ३५ करोड बजेट सार्वजनिक
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



