२९ पुष/दमक÷ लायन्स क्लव इन्टरनेशनलका संस्थापक अध्यक्ष मेलभिन जोन्सको १३८ औं जन्मजयन्तीको अवसरमा शुक्रवार झापाको दमकमा विविध कार्यक्रम सम्पन्न भएका छन् । जन्म दिनको अवसर पारेर लायन्स क्लव श्रीअन्तुले दमक अस्पताल हातामा निर्माण गरेको शुद्ध पिउनेपानी ट्याङ्की हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, लायन्स डिष्ट्रक ३२५ ए वानका जोन चेयर पर्सन अजय अग्रवाल, लायन्स क्लव श्रीअन्तुका अध्यक्ष गोपाल अग्रवाल र दमक हस्पतालका प्रतिनिधी नरेन्द्र भट्टराईले पानी पिएर औपचारीक रुपमा उद्घाटन गरेका थिए । भने अस्पतालका प्रतिनिधीलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो । पानी ट्याङकी कुल ५५ हजार रुपयाँको लागतमा निर्माण गरिएको थियो । अस्पतालमा आउने बिरामी तथा सर्वसाधारणका लागि शुद्ध पिउने पानी सहज बनाउने उदेश्यले ट्याङकी निर्माण गरिएको हो । कार्यक्रम क्लवका सचिव पारस पाण्डेले सञ्चालन गरेका थिए ।Image may contain: 3 people, people sitting, child and outdoor यसरी नै सोही दिन लायन्स क्लव श्रीअन्तुले दमक नगरपालिका ९ स्थित हिमालय वालविकास केन्द्रमा निर्माण गरेको ट्युवेल समेत हस्तन्तरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथी लायन्स डिष्ट्रक ३२५ ए वानका जोन चेयर पर्सन अजय अग्रवालले ट्युवेल सञ्चालन गरेर हस्तान्तरण गरेका थिए । श्रीअन्तुका अध्यक्ष गोपाल अग्रवालले निर्माण गरिदिएको ट्युवेल वालकेन्द्रका विद्यार्थीकालागि प्रयोग गर्ने उदेश्यले निर्माण गरिएको थियो । गरिव तथा मजदुर वस्तिको विचमा रहेको वालकेन्द्रमा शौचालय तथा खानेपानीको समेत व्यवस्था नभएको केन्द्रकी सहायोगी कार्यकर्ता गगां सिमखडाले बताइन् । यस्तै दमक स्थित लायन्स क्लव अफ दमक स्टन लाइनले रत्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १०० पटक रक्तदान गर्ने राजकुमार श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम स्टन लाइनका अध्यक्ष बिकास अग्रवालको अध्यक्षमा भएको थियो ।