चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले समाजमा अमानवीय घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन् ।
उनले समाजमा आपराधिक घटना बढेको भन्दै त्यसमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन निर्देशन दिए ।
चितवनको भरतपुरमा मध्यक्षेत्र प्रहरी तालिम केन्द्रमा आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१७४ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले जात, लिङ्ग वा धर्मका आधारमा हुने विभेद र अमानवीय घटनाका पीडकलाई हदैसम्मको दण्डित गर्ने कार्यमा प्रहरी अग्रसर हुनुपर्ने बताए ।
आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानूनी व्यवस्थालाई ध्यानमा राखेर प्रहरी विषेश चनाखो रहनुपर्ने उनको भनाई थियो ।
कानूनी रुपान्तरणको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन गर्न गराउन प्रहरीको महत्वपूर्ण भूमिका रहने उनले बताए ।










