२९ पुष । झापा गौरादहकी गोमा खनाल कोइरालाको गएको शनिबार भएको मृत्यु रहस्यमय भन्दै आफन्त र छिमेकीहरुले आज इलाका प्रहरी कार्यालय दमकमा धर्ना दिएका छन । गएको शनिबार दिउसो झुण्डिएको अवस्थामा फेला परेकी गोमाको मृत्युको बिषयमा प्रहरीले राम्रो अनुसन्धान नगरेको भन्दै उनिहरुले धर्ना दिएका हुन । शनिबार दिउसो पति श्रीप्रसाद कोइरालाले एक्कासी पत्नी बिरामी भएको र अस्पताल लानुपर्ने भन्दै छिमेकीलाई खबर गरेका थिए । उनले श्रीमती उचरक्तचापको विरामी भएको र आफै अचेत भएको भन्दै अस्पताल लान छिमेकीलाई सहयोग मागेको छिमेकी बबिता चम्लागाईले बताइन । उच्च रक्तचापका कारण अस्पताल लगिएको भनिएपनि अस्पतालमा मृतकको घाटीमा डोरीको दाग देखिए पछी आफन्त र छिमेकी सशंकित भएका थिए । इलाका प्रहरी कार्यालय दमकले भने अनुसन्धानका क्रममा घटनाको प्रकृति हेर्दा आत्महत्या नै भएको भेटिएको बताएको छ । ईलाका प्रहरी कार्यलय दमकका प्रमुख प्रहरी नायब उपरिक्षक राजन लिम्बुले घटनाको प्रकृती र पोस्टमार्टम रिर्पोटले भबितव्य मृत्यु नै रहेको बताउनुभयो । तर पनि आफन्त र छिमेकिले हत्या भनेर जाहेरी दिएकोले त्यसलाई प्रकृया अनुसार दर्ता गर्ने र थप अनुसन्धान गर्ने उहाले बताउनुभयो । उहाले भन्नुभयो ‘यस विषयमा हामी थप अनुसन्धान गदैछौ । हिमशिखर टि.भी बाट सभार
मृत्यु रहस्यमय भन्दै आफन्त र छिमेकीहरुले इलाका प्रहरी कार्यालय दमकमा धर्ना
सवाल नेपालसंवाददाताशुक्रबार, २८ पुस २०७३

मृत्यु रहस्यमय भन्दै आफन्त र छिमेकीहरुले इलाका प्रहरी कार्यालय दमकमा धर्ना
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



