विष्णुप्रसाद पोखरेल दमक/नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन अघि १ नम्बर प्रदेशलाइ किरात राज्य बनाउने बिषयमा दिएको अभिब्यक्तिले तरंग पैदा भएको अवस्थामा यहाँका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले यो बिषय केन्द्रको नभएको बताएकाछन ।

उनले नामकरणको बिषय प्रदेश सरकारले टुंगो लगाउने बताउदै उनले नामको बिषयमा केन्द्र सरकार तथा नेताहरुबाट हस्तक्षेप हुनु नहुने जनाए । उनले भने, प्रदेश सरकारले सकेसम्म सहमतिको आधारमा र नभए दुइ तिहाइको माध्यमबाट प्रदेशको नाकरण गर्न सक्ने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापाको गौरादहमा केहि पत्रकारहरुसंग बिशेष कुराकानी गर्दै मन्त्री कार्कीले अहिले बिभिन्न नामहरुको बिषयमा छलफल भइरहेको जनाए । कोशी, सगरमाथा, पुर्वाञ्चल, किरात, लिम्बुवान लगायतका बिषय बहसमा आएको बतए । उनले भने, हामी सबैलाइ स्वीकार्य नाम लिएर आउने छौ ।

उनले केन्द्रले नाम तोक्ने भए पहिल्यै संबिधानमा नै लेखेर आउने अवस्था हुन्थ्यो भन्दै यहाँको चासो र सरोकारको बिषय भएको उनको भनाइ थियो । उनले भने, हामी अब एक महिनाभित्रमा यो बिषय टुंगोमा पुर्याउछौ । नाकरणको बिषय लामो समय नराखिने उनको भनाइ थियो ।