रामपुर (पाल्पा), १ माघ । रामपुर नगरपालिका–१५ मा ट्याक्टर दुर्घटना हुँदा शुक्रबार साँझ चालकको मृत्यु भएको छ ।

कालीगण्डकी नदीको बौडीघाटबाट बर्दलेतर्फ ढुङ्गा लिएर आउँदै गरेको लु २ त ५९५८ नंको ट्र्याक्टर रामटार नाङ्गेटारीमा दुर्घटना हँुदा गम्भीर घाइते बनेका चालक जीतेन्द्र थारुको उपचारका लागि रामपुर अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साँघुरो बाटामा ट्र्याक्टर मोड्ने क्रममा सो दुर्घटना भएको हो ।