काठमाडौं, ४ असोज । डमरु, नेपालकै पहिलो डिजिटल एड नेटवर्क आधिकारिकरुपमा लन्च भएको छ ।
अन्तर्राष्ट्रिय विशेषज्ञहरुको टिमद्वारा नेपाली मार्केटलाई मध्यनजर गरी विशेषरुपमा तयार गरिएको उक्त नेटवर्कले नेपालका वेभ प्रकाशक र विज्ञापनदाताहरुलाई अनलाइन विज्ञापन गर्नको लागि लोकल प्ल्याटफर्म प्रदान गर्दछ । तर कसरी ? डमरु एड नेटवर्कले अनलाइन प्रकाशकहरुसँग काम गर्दछ, जसले आफ्नो एड स्पेस प्रदान गरी आम्दानी गर्न चाहन्छन् । उक्त प्राप्त स्पेस डमरु एड नेटवर्कले विज्ञापनदाताहरुलाई बिक्री गर्दछ, जुन प्रकाशकको साइटमा नेटवर्क सर्भर कोडद्वारा वितरित गरिन्छ । यसको माध्यमबाट कति जनाले आफ्नो एड हे¥यो भनेर ट्रयाक समेत राख्न सकिनेछ जसले गर्दा तपाईंले आफ्नो एड र त्यसको प्रभावकारिता थाहा पाउन सक्नुहुनेछ ।
विदेशी नेटवर्कहरुले यो काम धेरै समयदेखि गर्दै आएका छन्, अब तपाईंहरुले पहिलो पटक नेपालमै काम गर्ने विकल्प पाउनु हुनेछ । अब नेपाली वेब प्रकाशक र विज्ञापनदाताहरुले धेरै लगानी लाग्ने र लगानी पारदर्शित नभएको विदेशी नेटवर्कमा भर नपरी नेपाली मुद्रामा विज्ञापनको बिल तिर्नका साथै विशेष समूहलाई लक्षित गरी नेपाली भाषामा नै विज्ञापन प्रदान गर्न सक्नेछन् ।
डमरुले प्रकाशकहरुलाई कम मेहेनतमा बढी आम्दानी हासिल गर्ने अवसर प्रदान गर्दछ । यसले समाचार, मनोरञ्जन र सूचनामूलक सामग्रीहरुको माध्यमबाट आम्दानी गर्न मद्दत गर्दछ । डमरुको प्रयोगमा प्रकाशकहरुले ‘एड भ्यूज्’को ट्याक राख्न समेत सक्षम हुनेछन् साथै एउटै ठाउँलाई विभिन्न विज्ञापनदाताहरुमा विभाजन गरी भौगोलिक, लिङ्ग, उमेर र रुचिका आधारमा कन्टेन्ट तयार गरी उक्त कन्टेन्टबाट आम्दानी प्राप्त गर्न सक्नेछन् ।
विज्ञापनदाताहरुलाई डमरुले अरु एड नेटवर्कहरु भन्दा बढी पहुँच, पारदर्शिता र विश्लेषण गर्न अवसर प्रदान गर्दछ । यही कारणले गर्दा विज्ञापनदाताहरुले लागतको प्रतिफल हेरेर आफ्नो बजेटको प्रयोग गर्न सक्नेछन् । डमरुले विज्ञापनदाताहरुलाई बजेट र आवश्यकता अनुरुप विज्ञापन गर्नको लागि स्वतन्त्रता प्रदान गर्दछ । ब्यानर स्पेशको लागि लामो समयसम्म पैसा तिर्नुपर्ने कुरा अब पुरानो भइसक्यो, अब सानो र छोटो समयका विज्ञापनदाताहरुको लागि डमरु निकै नै उपयोगी साबित हुनेछ ।
स्थिर ब्यानर विज्ञापनहरुको एकोहोरो पचलनलाई हटाउँदै, यो एड नेटवर्कले उपयुक्त दर्शकहरुलाई लक्षित गरी उनीहरुको स्थान र रुचि अनुसार एड कन्टेन्ट तयार गरी प्रकाशित गर्दछ ।
छोटकरीमा भन्नु पर्दा साबिक विज्ञापन गर्ने तरिकाबाट पछि हटी पृथक विज्ञापन गर्ने तरिकालाई अंगाल्नको निमित्त डमरुको स्थापना गरिएको हो । यसले ब्यानर अन्धोपनको समस्या हटाउने काम मात्र नगरी समय सान्दर्भिक, आकर्षक र उपयोगी एडहरु तयार गरी पेजको कन्टेन्टलाई सदुपयोग गर्दछ ।









