बिष्णुप्रसाद पोखरेल दमक/१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सिडिओले प्रदेश सरकारको निर्णय मान्नुको साथै कार्यन्वयन गर्नु पर्ने बताएकाछन् । उनले मान्दैनौ भन्ने अधिकार नरहेको जनाउदै यस्तो बताएकाहुन् ।
केहि दिन अघि अन्तराष्ट्रिय आदिबासी दिवसको बिदा अवज्ञा गरेको बिषयमा इकित गर्दै कार्कीले सिडिओले आफुहरु केन्द्रिय सरकार मातहत रहेको भनेर प्रदेश सरकारको निर्णय नमान्दा यसले अराजकता निम्तने खतरा हुने जनाए ।
कार्कीले सिडिओको केन्द्र र प्रदेश सरकारको समन्वयकारी भुमिका निर्वाह गर्नु पर्नेमा आफै निर्णय मान्दिन भन्नु तर्क संगत नभएको कार्कीले जनाए । उनले नयाँ अभ्यास भएकाले बुझाइएमा कमजोरी भएको भन्दै अब यस्तो नहुने उनको भनाइ छ । मन्त्री कार्कीले यो बिषय र अन्य समसामयिक बिषयमा यसो भनेकाछन् । भिडियो










