२०७५-०४-२७ राति ९:३० बजे
पूर्वमा विरिङ नदीको वारफल्याङ स्थित बर्षा मापन केन्द्रमा बिगत ३ घण्टामा करिव ९० मि.मी बर्षा भएको छ र बर्षा हुने क्रम जारी छ ।
कन्काई नदी जलाधारको पनि धेरै स्थानहरूमा बर्षा भईरहेकोले कन्काई, बिरिङ, निन्दा लगायत झापा जिल्लाबाट वहने साना नदीहरूमा बहाव उच्च हुने भएकाले भोलि बिहान सम्म उच्च सतर्कता अपनाउनुहोला ।











