मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बुद्धिस्थानमा रहेको चन्द्रमाका साथमा यो साता प्रारम्भ हुँदैछ, त्यसैले जे गरे पनि आफ्नै विवेक, बुद्धि र श्रमको उपयोग गर्नु राम्रो हुन्छ । सामान्यतया घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो उसले लाभ पाउने छ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । मङ्गलबार र बुधबार विवाद, झैझगडा र मुद्दामामिलामा संलग्न नहुनु बेस हुनेछ भने आगामी शनिवारका दिन गाडीहाँक्दा, बाटो काट्दा र हातहतियारको प्रयोग गर्दा होस राख्नुपर्छ । आर्थिक पक्ष राम्रो छ, तर साताको मध्यभागमा निरर्थक लगानी हुने संकेत छ । समग्रमा मध्यम फल भएको साता देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सुरुमा घरभित्रका केही झिनामसिना काममा संलग्न हुने समय छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । मङ्गलबार र बुधवार कल्पना र भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । पढाइलेखाइ र ज्ञानगुनका क्षेत्रमा आकर्षण बढ्ने छ । साताको अन्त्यमा भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि अनुकूल छ । तर बिहीवार र शुक्रबार जोसँग बोले पनि होस राखेर बोल्नुहोला, झैझगडा र किचलोको सामना गर्नु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सुरुमा अघिल्लो साताका क्रियाकलापको लेखाजोखा गरी योजना निर्माण गरिने छ । यस सातामा बौद्धिकक्षेत्र र ज्ञानगुनका क्षेत्रमा रहनेहरूले राम्रो गर्नेछन् । मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । मङ्गलबार र बुधबारका दिन घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । साताको अन्त्यमा व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । आगामी शनिवारका दिन काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना कामका लागि पनि निक्कै खट्नु पर्छ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । पतिपत्नीका कुरा बाझ्ने सम्भावना देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो साता कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । श्रममूलक काम वा कृषिकार्यतिर मन जानेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । बिहीबार र शुक्रवार घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । मातापिताको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नु हुनेछ । आगामी शनिवार प्रेमिल वातावरण बन्नेछ, किशोर किशोरीहरू रामरमाइलोमा भुलिने छन् । त्यसबाहेक विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने समय पनि हो । अन्य सबैका लागि भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर र मौका देखापर्ने छ । समग्रतामा यो साता चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काम गर्न जाँगर चल्ने समय आएको छ । प्रेमको बन्धनमा बाँधिन पनि सकिन्छ तर के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । आम्दानीमा कमी हुने छैन । समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने छ । कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । बिहीवार र शुक्रवार सामाजिक काममा संलग्न हुनुपर्ला । आगामी शनिवारका दिन विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ । त्यसदिन नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । समग्रमा यो साता उत्साहवर्द्धक समय नै छ, साताको अन्त्यसम्ममा शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

साताको प्रारम्भमा बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । तर मङ्लवारपछि सबैपक्षमा शुभ हुनेछ, धैर्यले काम लिने समय छ । साताको उत्तरार्द्धमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि अनुकूल समय आएको छ । कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ । उपलब्धीमूलक यात्रा हुने योग छ । आकस्मिक रूपमा सम्पति प्राप्त गर्ने सम्भावना छ । उपहार पुरस्कार आदि मिल्नेछ । पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुने सम्भावना छ । व्यस्त समयचर्या कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । साताको अन्त्यमा धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । तीर्थाटन वा भ्रमण/पर्यटनको योग बनेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो साताको प्रारम्भमा नै विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । छोराछोरीले सन्तुष्ट तुल्याउने छन्, कुनै खुसीको खबर दिनसक्छन् । मङ्गलबार र बुधवार आर्थिक पक्ष कमजोर बन्नेछ । पारिवारिक आवश्यकता, भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । टाढाको यात्रा फलदायी हुँदैन, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । साताको अन्त्यमा नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । व्यवसायिक क्षेत्रमा बोलीको कदर हुने समय छ । विपरीत लिङ्गीको आकर्षण बढ्नेछ । प्रेमिल वातावरण बन्नेछ, जोस र जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनेछ । आर्थिक पक्षमा सन्तुलन राख्न सके समग्रमा यो साता राम्रो देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अभिभावक र बृद्धबृद्धाको आशीर्वाद काम गर्ने समय चल्दैछ । यात्रामा निस्कने योजना बनाउनु भएको छ भने लामो दूरीको लाभदायक यात्रा सम्पन्न हुनेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । परीक्षा, प्रतियोगिता आदिमा सफलता मिल्नेछ, प्रतिस्पर्धी परास्त हुनेछन् । भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ । छोराछोरी र भाइबहिनीले सन्तुष्ट तुल्याउने छन् । किशोरकिशोरीहरू लक्ष्यप्रति सजग रहने छन् । बृद्धबृद्धाको धार्मिक र सामाजिक काममा झुकाव बढ्ने छ । तर आगामी बिहीबार र शुक्रवार खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ, रकमको कारोबारमा सतर्कता अपनाउनु पर्छ । साताको अन्त्यमा महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । घरायसी वातावरण आफ्नै पक्षमा रहनेछ । समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ । मन फुरुङ्ग हुनेछ, विपरीतलिङ्गीसँग सम्बन्ध आत्मीय बन्नसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

भाग्यको चन्द्रमाका साथमा साताको प्रारम्भ हुनेहुँदा राम्रो समय रहनेछ । इष्टमित्रले तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । मङ्गलबार र बुधवार कर्मप्रति लगनशील बन्ने समय छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । कृषिक्षेत्रका व्यक्तिहरू खासगरी पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । कर्मचारीले हाकिम वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त गर्नेछन् । बिहीबार र शुक्रवार साथीभाइ र नातेदारको सहयोग जुटाउन सकिन्छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । तर साताको अन्त्यमा शरीरमा आलस्य र थकानको अनुभव हुनेछ, मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ । तर समग्रमा यो साता विगतका कमीकमजोरी सम्झने समय होइन, कर्मप्रति चासो राखेमा भाग्य अभिबृद्धि हुने साता छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

साताको प्रारम्भ प्रतिकूल छ । बाटो काट्दा, यात्रा गर्दा वा हातहतियारको प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ । आइतवार र सोमवार मनमा निराशा उत्पन्न हुनसक्छ, बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । तर मङ्गलबारपछिको समय राम्रो देखिन्छ । यो साता हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । नयाँ व्यवसाय वा नोकरीको प्रयास गर्न अनुकूल समय आएको छ । विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । साताको अन्त्यमा अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसरसमेत प्राप्त हुनेछ । समग्रतामा यो साता नराम्रो छैन, आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रेमिल र शान्त वातावरणको उदय भएको छ । मन फुरुङ्ग हुनेछ । विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । घुमघाम, भ्रमण र पर्यटनको अवसर आउने छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्नु बुद्धिमानी देखिन्छ । तपाईं घरबाहिर हुनुहुन्छ भने यो साता जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । साताको अन्त्यमा व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । तर मङ्गलवार र बुधवार अष्टम भावमा चन्द्रमाको बास हुने भएकाले हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । स्वास्थ्यप्रति उदासीन नबन्नु होला, यस समयमा सुरु भएको सानो रोगले दीर्घकालसम्म सताउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

त्यति अनुकूल समय देखिंदैन । कामको चाप र दायित्व बढ्नेछ । सुरुमा छैटौं भावमा र बिहीवारपछि अष्टम भावमा चन्द्रमा रहने भएकाले यो साता दृष्टिशक्तिमा कमी आउन सक्छ । व्यवहारिक समस्याले विभिन्न काममा अवरोध सिर्जना हुनेछ । खासगरी बिहीवार र शुक्रवार दुर्घटनाको जोखिम पनि देखिन्छ, सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला । यद्यपि यो साता मन आनन्दका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । प्रेमसम्बन्धमा सुधार आउने छ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । तर आगामी शनिवार भाग्यमा चन्द्रमा पुग्ने भएकाले सप्ताहान्तमा राम्रो समाचार सुन्न पाउनु हुनेछ । मिश्रित फल पाइने साता भए पनि यो साता लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल समय नै देखिन्छ ।

(सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिष साथीबाट लिएका हौं ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah