इटहरी, १ माघ । सुनसरीको पश्चिमी क्षेत्र हरिपुर–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

प्रहरी उपरीक्षक पोषराज पोख्रेलका अनुसार जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख २९३१ नंको बसले को२९ख ५५३० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोरङ हसन्दहका सुमन बास्तोला, इटहरी–५ का कान्छा तामाङ तथा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु भएका तेस्रो व्यक्तिको सनाखत हुन सकेको छैन ।

सनाखत हुन नसकेका व्यक्ति मोटरसाइकलमा सवार थिए वा सडकयात्री भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसचालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah