काठमाडौं, २ माघ । पछिल्लो समय भारत सरकारले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेसँगै नेपालमा तस्करी झाँगिएको छ ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– नगद राख्न जोखिम बढेपछि भारतीयले पछिल्लो समय सुन नै डिपोजिट गर्न थालेका छ्न्। सोही कारण भारतीय बजारमा सुनको माग बढेसँगै नेपाल हुँदै त्यहाँ सुन तस्करी बढ्न थालेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘भारतमा सुन पठाउन नेपालको तस्कर सल्बलाउन थालेका छन्,’ नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख नवराज सिलवालले भने, ‘भारतीय बजारमा अहिले सुनको माग उच्च छ । भारतमा पठाउन नेपालमा सुन तस्करी फेरि बढ्न थालेको हो।’

‘ठूला दरका भारु छैनन्, साना नोट सटही पनि सहज छैन’ उनले भने, ‘भारु भुक्तानीका लगि सुन नै एकमात्र उत्तम उपय हुन सक्छ’ अहिले नेपाली बजारमा पनि सुनको माग उच्च छ ।