खोटाङ, २ माघ । भूकम्प गएको २० महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि जिल्लामा शनिबारबाट पुनःनिर्माणका लागि सर्वेक्षणका सुरु गरिएको हो ।

जिल्लाका माक्पा, हौंचुर, खिदिमा, पाथेका, खार्ताम्छा, च्यास्मिटार, बाहुनीडाँडा, हलेसी, दुर्छिम, विजयखर्क, अर्खौले, सल्ले, बतासे, खार्पालगायतका गाविसमा एकैसाथ भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरण, अनुदान सम्झौतालगायतका काम सुरु गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

गत पुस १५ गतेदेखि सुरु गर्ने भनिएको पुनःनिर्माणका प्रारम्भिक चरणका काम केही हप्ता ढिला गरी सुरु गरिएको तथ्याङ्क विभाग जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालय दिक्तेलले जनाएको छ ।

भूकम्पसम्बन्धी पुनःनिर्माणका लागि खोटाङमा गत मङ्गलबार ३३ जना इन्जिनियर जिल्ला आएका छन् ।

सर्वेक्षण सुरु गरिएको डेढ महिनाभित्र सर्वेक्षणका काम पूरा गरेर सर्वेक्षण सकिएका ठाउँमा तत्काल अनुदान सम्झौता सुरु हुने प्राधिकरणले जनाएको छ । भूकम्पबाट जिल्लामा १३ हजार ३३३ घरमा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah