काठमाडौं- पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दोस्रो पटक सुशील ज्ञवालीले पदभार ग्रहणगरेका छन्। मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको नेतृत्व सुम्पेको थियो। उनी करिब डेढ वर्षअघि बर्खास्तीमा परेका थिए।

आज प्राधिकरणका कर्मचारीले उनलाई कार्यालयमा स्वागत गरेका हुन्।

सरकारले गत २२ असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै यसअघि सिइओ कायम रहेका युवराज भुसाल पदमुक्त भएका थिए।

त्यसयता प्राधिकरणको नेतृत्व खाली थियो।

ज्ञवाली १० पुस २०७२ सालमा प्राधिकरणको सिइओ नियुक्त भएका थिए। त्यसको एक वर्षपछि २७ पुसमा उनलाई तत्कालीन सरकारले बर्खास्त गरेको थियो।

आफू बर्खास्तीमा परेपछि अदालत गएका उनको मुद्दा अझै विचाराधीन छ।

ज्ञवाली प्राधिकरणको पाँचौं सिइओ बनेका छन्। व्यक्तिका हिसाबले भने उनी तेस्रो मात्र हुन्।

को हुन् सिइओ ज्ञवाली?
यसअघि प्राधिकरणको सिइओ हुनुअघि ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक थिए। कार्यकाल डेढ वर्ष बाँकी रहँदै उनलाई सरकारले प्राधिकरणको सिइओ नियुक्त गरेको थियो। ज्ञवालीसँग तत्कालीन स्थानीय निकायमा लामो समय काम गरेको अनुभवसमेत छ। नेपाल लाइभ बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah