बाहिरी दुनियाँमा उनलाई धेरैले चिनेनन् । तर वैकल्पिक मिडियाको रुपमा आएको सामाजिक सञ्जालहरुमा उनी असाध्यै लोकप्रिय थिए र रहिरहनेछन् । उनी अर्थात् यम बुद्ध । मोरङमा जन्मिएका यम बुद्ध धर्मले दिएको भन्दा कर्मले दिएको नाम हो । उनको न्वारनको नाम अनिल अधिकारी हो । तर नामको लागि संघर्षको मैदानमा खटिनेक्रममा उनले आफ्नो नाम यम बुद्ध भनेर राखे र उनी यम बुद्धकै नाममा चर्चित रहे ।

पछिल्लो समय आफ्नी पत्नीसहित बेलायत रहेका उनको बारेमा अप्रिय खबर सुन्नु पर्‍यो- यम बुद्ध मृत फेला परे, उनले आत्महत्या गरे ।

र्‍याप गीत गाउने यम बुद्ध युट्यूब, फेसबुकलगायत सामाजिक सञ्जालमा अत्यधिक लोकप्रिय छन् । शनिबार रातिसम्म उनको फेसबुक फलोअरको संख्या ११ लाख ३६ हजारभन्दा बढी छ । मोरङका अनिल अधिकारी कसरी बने यम बुद्ध ? गत चैत्रमा उनले गतवर्ष चैत्र २७ मा कान्तिपुरसँग गरेको कुराकानीको सम्पादित अंश-

यसरी जुर्‍यो यमबुद्ध नाम
म विदेशमा भएको बेलामा यही क्षेत्रका साथीभाइहरूसँगको बसाईका क्रममा दोहोरी चल्यो । आजकल फेसबुकमा प्रोफाइल बनाए जस्तो त्यहाँ पनि तिनीहरूको प्रोफाइलमा बुद्धको नाम देखें त्यहाँ पनि बुद्धलाई चिन्दा रहेछन् । यो कुराले मलाई छोयो । म बुद्धको देशमा जन्मेको मान्छे । हरेक मानिसमा हिंसात्मक र अहिंसात्मक अर्थात् (राक्षस र देवता)को दुवै गुण हुने बुद्ध देवता अर्थात् शान्तिको प्रतिक भए राक्षसी रुपलाई यम भनेर सम्बोधन गर्ने भएकोले दुवै स्वरुप मिलाउँदा यम बुद्ध भई यो नाम जुर्न पुगेको हो ।

यो कुरा मलाई चित्त बुझ्दैन
आफुले गाएको गीत बजाएर अरुले कमाई गर्ने आफु चै जहाँको त्यहीँ भइने । त्यसैले कलाकारले पनि गरी खाने बाटो बनाई दिनु पर्‍यो । गीत चर्चित हुने नाम चल्ने तर खल्ती जहिले पनि खाली । तपाईहरुले पनि देखी रहनु भएको छ नि । निर्माताहरू गाडी चढेर हिँड्छन् । कलाकार जहिले पनि पैदलका पैदल । खोई त बाँच्ने आधार । यै सिलसिलामा म तपाईंलाई एउटा कुरा भनूँ, नेपालका एकजना नाम चलेको कलाकार हुनुहुन्छ । वहाँँको यो क्षेत्रको क्यारियर र मेरो उमेर बराबरी हो । सुन्छु, वहाँको यो अवस्था शुरुमा जस्तो थियो अहिलेसम्म पनि त्यस्तै छ । नाम चाहिँ किटान नगरौं । यस्तो अवस्था हुनु भएन । मेरो यो अडान हो, यसले कसैलाई फाईदा या बेफाईदा के गर्छ सरोकार राख्दिनँ । एक्लो वृहस्पति झुठा हुन्छ भन्छन् म आफ्नो अडान छाड्दिनँ । राम्रो सोचे राम्रै नराम्रो सोचे नराम्रै हुन्छ । यस्तो कहिलेसम्म ?

कलाकार सिर्जनातिर लाग्ने कि चाकरीतिर ?
कलाकारको काम साधनामा डुब्ने र सिर्जना गर्ने मात्र हुनुपर्छ । सरकारले राम्रो सिर्जनाको प्रचारप्रसार र त्यसबाट प्राप्त आम्दानीको केही भाग प्रचार गर्नेलाई, सिर्जना गर्नेलाई र स्वयं आफूलाई समेत छुट्याउनु पर्छ । कलाकारले सिर्जनातिर लाग्ने कि चाकरीतिर लाग्ने । श्रोताका लागि गाउने आफूचाहिँ साधना गर्ने नै हो । सरकारले के गर्ला भन्नेतिर लाग्ने होइन त्यता फर्कने हो भने राजनीति घुस्छ र झन बिग्रन्छ । म त भन्छु कलाकारलाई सक्षम बनाउने, बनाउन सहयोग गर्ने, तिनको सिर्जनालाई प्रचारप्रसार गरेर, निश्चिन्त भएर बाँच्ने आधार तयार गरिदिनुपर्‍यो । कलाकारले यही कुरा बुझ्नु पर्‍यो । यही नबुझेर चाकरीतिर लाग्छन् अनि केहीले फाईदा उठाइरहने केही कलाकारले दुःख पाईराखेको हो । यही बुझ्न जरूरी छ ।

मेरा सिर्जना छाडा छैनन्
६०–७० जति गाएँ होला । म जुनसुकै अवस्थामा पनि गीत सिर्जना गर्छु । विषय रोजेर, अब गीत लेख्छु भनेर हुँदैन । म गीत सिर्जना गर्दा छाडा शब्दहरू प्रयोग गर्दिन । एकदमै जनजिब्रोमा झुण्डिएका शब्दहरू नै प्रयोग गर्ने कोसिस गर्छु । मैले मेरा गीतले कस्तो प्रभाव पारेको छ भनेर पछि फर्केर हेर्ने बुझ्ने गरेको पनि छैन । र, आजसम्म कसैले मैले गाएको गीतलाई छि कस्तो गीत गाएको भनेको सुनेको पनि छैन ।

यस्तै छ कलाकारको जीवन !
सामान्यतः सबै मान्छेको सोचाई यस्तै हुने रहेछ । दशै, तिहार, नयाँ वर्षजस्ता चाडबाडमा बाहिर भएपनि घरमा आएर सबै परिवारसँगै बस्ने रमाईलो गर्ने हुन्छ । तर हामी कलाकारको जीवनमा त्यस्तो नहुने रहेछ । झन् त्यही बेलामा मनोरन्जनात्मक कार्यक्रम राखिदिने भएकोले त्यसरी बस्न पाउने अवसरबाट बञ्चित भइने रहेछ । त्यतिबेला बेकार यो क्षेत्रमा लागिएछ जस्तो लाग्छ ।

जीवनमा यस्तो घटना घटेको छ जुन घटनालाई सम्झँदा दुःख लाग्छ । एकपटक बिर्तामोडमा एनसेलले एउटा कार्यक्रमको तय भएको थियो । म पनि सहभागी हुन गएको थिएँ करीब १२ बजेको थियो होला । त्यहीबेला घरबाट हजुरआमा बितेको खबर आयो । म घर फर्कें र अन्त्येष्टि कार्य सकियो । त्यसपछि बुवाले, ‘जाउ, यता काम सकि हाल्यो तिमीलाई पर्खेका होलान् । म सम्हाली हाल्छु,’ भन्नुभयो । मेरो मुड थिएन । त्यहीपनि गएँ । त्यही बेलामा आमाकै बारेको गीत गाउनुपर्ने । गीत आधा नहुँदै स्टेजमै रोएँ । सम्हालिनै सकिनँ । कारण आमाले मलाई जन्म दिनुभयो । पालनपोषण हजुरआमाले गर्नुभयो र वहाँलाई म आमा भन्थेँ । अब भन्नोस् कसरी रमाइलो मान्ने कलाकारको जिन्दगीलाई ।

राम्रा कुरा, नराम्रा कुरा
कलाकार भएको नाताले सबैले चिन्दछन् यो सबल पक्ष हो । चाकरी नगरेसम्म कसैको नजीक हुन सकिँदैन । सिर्जना गर्‍यो । चाकरी नपुग्दा खुम्चिएर बस्नुपर्ने हुन्छ । नामको साथसाथै दाम हुँदैन । बाँच्नलाई सँधै धौधौ । यो दुर्बल पक्ष ।

मेरा गीतहरू बाबालाई कहिल्यै मन परेनन्
हो, मैले आमाको बारेमा, दिदीको बारेमा, नेता र राजनीतिका बारेमा, बेचिएका चेलीबेटीका बारेमा गीत बनाएँ तर बाबाको विषयमा गीत बनाइनँ । कारण मैले कहिल्यै सत्य लुकाउन पनि सकिनँ र लुकाउन पनि खोजीनँ । त्यसोहुँदा व्यक्तिगत आक्षेपका कुरा आउन सक्ने देखेकोले बाबाको विषयमा कहिल्यै गीत बनाउन चाहिनँ । मेरा गीतहरू बाबालाई कहिल्यै मन परेनन् ।

कमाएको पैसा सेवामा
यो क्षेत्रमा प्रवेश गरेकै १०–१२ वर्ष जति भयो । त्यसभन्दा पहिलेनै मैले मार्केटिङको काम गर्थें । कहिले काहीं स्टेज प्रोग्रामहरू भइरहन्थ्यो । अलिअलि पैसा जम्मा भई रहेको थियो । त्यहीक्रममा सामाजिक संस्था खोल्ने विचार उब्ज्यो, अनि खोलेको हुँ । मैले कलाकारिता क्षेत्रमा लागेकाहरुको हकहितमा केहि गर्न सकिन्छ कि भनेर पनि यहाँ एउटा कम्पनी खोलेर बसेको छु । कामको सिलसिलामा बाहिर जाँदा बाहेक म संस्थाकै काममा व्यस्त हुन्छु । संस्थाको आय र स्टेज प्रोग्रामबाट संकलन भएको रकम असहाय बालबालिकाको सहयोगमा खर्च गर्छु । विराटनगरमा हजुरआमाको नाममा त्यस्तै एउटा सहयोगी संस्था खोल्न लागि रहेको छु ।

https://youtu.be/6Jz_MfUlZMo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah