काठमाडौँ, २ माघ । नेपालको एक मात्र सरुवा अस्पतालका रुपमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले नयाँ सेवा सञ्चालनका लागि सुविधासम्पन्न साततले भवन बनाउने भएको छ ।

दुई वर्षभित्र निर्माण कार्य सक्ने गरी करिब रु ५७ करोडमा बन्ने १४६ श्ययाको नयाँ भवनमा वृद्धवृद्धाका लागि छुट्टै विभाग, रेविज, सर्पदंश, जटिलखालको क्षयरोग हेर्ने विभाग, एचआइभी एड्सको छुट्टै विभाग रहने अस्पतालका निर्देशक डा रमेश खरेलले जानकारी दिनुभयो ।

अहिले अस्पतालमा १०० श्यया सञ्चालनमा छ । झाडापखालाको प्रकोप देखिएपछि त्यसको निदानका लागि ८३ वर्ष अगाडी स्थापना भएको सरुवा रोग अस्पतालमा अहिले सम्पूर्ण सरुवा रोग तथा रेविज र सर्पदंशको समेत उपचार गरिन्छ । अस्पतालको सुधारका लागि मङ्सिर महिनाबाट सिटीस्क्यान सेवा सुरु गरिएको छ भने एक सातापछि चार श्ययाको सघन कक्ष (आइसियु) पनि सञ्चालन गर्ने तयारी भएको निर्देशक खरेलले बताउनुभयो ।

“भवन निर्माणका लागि अस्पताल विकास समितिमा गुरुयोजना पास गराएपछि मन्त्रालयमा योजना पेस गरी यसै वर्ष निर्माण कार्य सुरु गरिनेछ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah