दमक -उज्यालो बाल क्लवको आयोजना र दमक नगरपालिकाको संयोजकमा नेपालमै पहिलो पटक बालमहोत्सव आयोजना हुने भएको छ । माघ १४ देखि १६ गतेसम्म चल्ने बालमहोत्सवमा झापा, मोरङ्ग ,सुनसरी ,इलाम, धनकुटा जिल्ला लगायत अन्य नजिकका क्षेत्रलाई समेट्ने जानकारी आयोजकले दिएको छ । महोत्सवमा १ लाख देखि १ लाख ५० हजारले अवलोकन गर्ने आशा राखिएको छ । पूवाञ्चलका सबै जिल्लाका जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय ,प्याप्सन , एन प्याप्सन, हिसान लगायत अन्य बालबालिकासँग सरोकार राख्ने निकायहरुसँग समन्वय र सहकार्य गर्दै अगाडी बढीरहेकोे यस महोत्सवमा कक्षा १ देखि कक्षा १२ सम्मका बालबालिका तथा कलेजका बिधार्थीहरु मुख्य अवलोकन कर्ताका्े रुपमा सहभागी हुनेछन । राष्ट्रिय तथा स्थानिय बाल कलाकारहरुको प्रस्तुती रहने छ ।
महोत्सव ब्यबस्थापन, स्टल ब्यवस्थापन, स्वयम सेवक, उदघोण लगायतका सम्पुर्ण कार्यहरुमा नितान्त बालबालिका को मात्र सकृय सहभागी रहने यस महोत्सव , बाल बालिकाले प्रस्तुत गर्ने बिभिन्न जात जाती तथा धर्म संस्कृसतका बाल झाकी र बालबालिकाले बनाएका खानाका परिकारहरु यस महोत्सवका आकर्षण हुनेछ । बिज्ञान प्रबिधिका तथा शैक्षिक सामाग्री लगायत अन्य आकर्षक स्टल रहने छ ।










