दमक, २ माघ ÷ झापाको लखनपुरमा सञ्चालित पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगिताको उपाधि सुनसरीको धरान भेट्रान क्लबले जितेको छ । लखनपुर–१ स्थित आदिवासी रङशालामा आज सम्पन्न फाइनल खेलमा धरानले मोरङको राजघाट भेट्रान क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । विजेता धरानका लागि खेलको ३० औँ मिनेटमा सुजित कुमार राईले गरेको एक गोल नै निर्णायक बनेको थियो । उपाधिसंगै विजेता धरानले ५५ हजार ५ सय ५५ रुपैयासहित ट्रफी र मेडल तथा उपविजेता बनेको राजघाटले नगद ३० हजार ३ सय ३३ रुपैया सहित ट्रफी र मेडल प्राप्त गरेको थियो । यसैगरि खेल अवधि भरि उत्कृष्ठ खेलाडीका रुपमा धरानका प्रेम घिमीरे र बढी स्कोररका रुपमा राजघाट भेट्रानका प्रकाश लिम्बुलाई नगद,ट्रफिसहित पुरस्कृत गरिएको आयोजक पूर्वाञ्चल भेट्रान क्लवले क्लवका अध्यक्ष प्रेमकुमार कार्कीले जानकारी दिए । गत माघ २२ गतेदेखि सञ्चालित उक्त प्रतियोगितामा पूर्वका १० वटा टिमको सहभागीता रहेको थियो । प्रतियोगिताका विजेता,उपविजेता टिमका खेलाडीहरुलाई लखनपुर गाविस सचिव राजकुमार शाक्य,द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक खरेल , चन्द्र दर्शन शाकोसका अध्यक्ष शेरवहादुर श्रेष्ठ, सामाजिक अगुवा पूर्णानन्द शर्मालगायतले खेलको महत्वका बारेमा बोलेका थिए । प्रतियोगितामा गाविस, द एभरेष्ट शाकोस, सुर्यदर्शन शाकोस , चन्द्रदर्शन शाकोस,कन्काई बबई निर्माण सेवालगायतले पुरस्कारका मुख्य प्रायोजन गरेका थिए ।
पूर्वाञ्चल भेट्रानको उपाधि धरानलाई
सवाल नेपालसंवाददाताआइतबार, ३० पुस २०७३

पूर्वाञ्चल भेट्रानको उपाधि धरानलाई
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



