काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा आफ्नो नेतृत्वको सरकारले विशेष जोड दिएको बताउनुभएको छ ।

आवुधावीमा रहेका नेपाली समुदायसँगको विशेष अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मेरो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएको छ । हामी निरन्तर त्यसमा क्रियाशील छौँ । तपाइँहरुले यहाँ हासिल गरेको अनुभव र पूँजी नेपालको विकासको लागि आधारशीला हो, पूँजी हो । तपाइँहरुले बगाएको पसिनाको सही सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।”

उहाँले भन्नुभयो, “हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ, सबैका भावना छन्, राष्ट्रिय एकता हासिल गर्नुछ, कसैलाई पेलेर वा ठेलेर समस्याको हल हुँदैन । सरकार सबैसँग समान रुपले संवादमा छ । संवाद सकारात्मक दिशामा छ, राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार छ ।”

ऊर्जा सम्मेलनबारे स्पष्ट पार्दै उहाँले नेपालमा जलविद्युत्को प्रचूर सम्भावना भएर पनि सदुपयोग गर्न नसकिराखिएको अवस्थामा सरकारको ध्यान नै जलविद्युत् क्षेत्रको विकासमा रहेको स्पष्ट पार्नुभयो ।

वैदेशिक रोजगारीबाट प्राप्त भएको पूँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेको स्पष्ट पार्दै उहाँले विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाको अनुगमन गरिरहेको तथा राजनीतिक विवादमा अल्झिएर हामीले विकासलाई उपेक्षा गरिन नहुनेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीले हत्या क्षतिपूर्ति रकम, राहदानीको नवीकरण शुल्क घटाउनेलगायत केही महत्वपूर्ण काम वर्तमान सरकारले गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “हामीले केही गर्न खोजेका छौँ । यस्तो अवस्थामा सबैको साथ जरुरी छ । तपाइँहरुको साथ पाएको छु, विकास र पूर्वाधार निर्माणमा तपाईंहरुको थप सहयोग र सद्भावको अपेक्षा गरेको छु । तपाइँहरुले जति पनि कुरा उठाउनु भएको छ । त्यसलाई म कूटनीतिक र राजनीतिक तवरले सम्बोधन गर्नेछु, त्यसमा तपाइँहरु विश्वस्त हुनुहोला ।”

सो अवसरमा ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शङ्करदास बैरागी, युएइका लागि नेपाली कावा राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

भेटका अवसरमा सहभागीले वैदेशिक रोजगारीका क्रममा आफूले भोग्नुपरेका समस्या र अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah