काठमाडाैँ, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन्। भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । शीतलनिवास परिसरको एक सय आठ रोपनी जग्गामध्ये २० रोपनी जग्गामा नयाँ भवन बनाइएको हो । ‘अब कोठा सजावटका केही काम बाँकी छन्,’ भवन विभागका सिनियर डिभिजन इन्जिनियर हिमाल केसीले भने, ‘एक–दुई दिनभित्रै नवनिर्मित भवन सर्नका लागि तयार हुनेछ ।’ नवनिर्मित भवनमा राष्ट्रपतिलाई सारेपछि अहिले राष्ट्रपति कार्यालय रहेको भवन भने भत्काइने भएको छ । १२ वैशाख २०७२ को भूकम्पले सो भवनमा क्षति पुगेकाले भत्काउन लागिएको हो । भवन भत्काउन टेन्डर आह्वान भएर सम्झौतासमेत भइसकेको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसम र पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवबीच सोमबार विवाह हुँदैछ । विवाहमण्डप शीतल निवासमै बनाइएको छ । विवाह सकिएपछि राष्ट्रपतिलाई नवनिर्मित भवनमा सार्ने तयारी भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ।
राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार, छोरीको बिहेपछि सर्ने
सवाल नेपालसंवाददातासोमबार, १ माघ २०७३

राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार, छोरीको बिहेपछि सर्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



