काठमाडौं, ३ माघ । दुबईबाट पुस २१ मा आएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बरामद गर्यो । त्यो सुन कसको थियो र कहाँ लैजान आटिएको थियो भन्ने विषय अझै नसुल्झिएपछि धेरैका निम्ती यो घटना नयाँ रहेन । तर त्यही दिन भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई लैजान लागिएको एक करोड भारतीय रुपैयाँ बराबरको साउदी मुद्रा रियाल र युएई मुद्रा दिराम बरामद भएको थियो । उच्च सुरक्षा रहेको विमानस्थलको टर्मिनल ३ को शौचालयमा नगद रहेको ब्याग साट्न लागेका बेला अवैध विदेशी मुद्रासहित दुई यात्रु पक्राउ परेका थिए । भारतीय संचारमाध्यमले नेपालमा बरामद भएको अवैध सुनको आयत र भारतबाट जान लागेको अवैध मुद्राको गन्तव्य एकै ठाउँ रहेको भन्दै यसको ‘कनेक्सन’ खोज्ने प्रयास थालेका छन् । यी दुई घटनाको अन्र्तयले सुन तस्करीको अन्तर्राष्ट्रिय आयम बुझ्न भने पक्कै सघाउँछ । केन्द्रिय अनुसन्धान ब्युरोको अनुसन्धान अधिकारीहरु पनि यसबारे जानकार त देखिन्छन् । तर भारतीय संचार माध्यमले जोडेजस्तै यी दुई घटनाको ‘कनेक्सन’ छ कि छैन भनेर अनुसन्धान भने नथालेको उनीहरू बताउँछन् । इन्डिया टिभीले अवैध सुन दुबईबाट काठमाडौं आउनु र भारतबाट अवैध तरिकाले विदेशी मुद्रा दुबई पठाइनु बीच सम्बन्ध रहेको समाचार सामाग्री प्रशारण गरेको छ । नेपाल भित्रीएको अवैध सुन खुला सीमा नाकाको फाइदा उठाउँदै भारत नै पठाउन खोजीएको उक्त समाचारको दाबी छ । त्यसो त दुबई हुदै नेपाल भित्रीने ठुलो परिणामको अवैध सुन नेपाली बजारमा मात्रै खपत नहुने र त्यो भारतीय बजारसम्म सजिलै पुग्ने जानकारहरुको भनाई छ । ब्युरोका अनुसन्धान अधिकारीहरु पनि यसलाई स्विकार्छन् । नाम उल्लेख नर्गने सर्तमा एक अधिकारीले भने, ‘पाँच सय र हजारका भारतीय नोटहरु प्रतिबन्धित भएपछि अवैध आर्जनको रकम सुनमा लगानी गरेर सुरक्षित गर्ने प्रवृत्ति भारतमा बढेको छ । त्यसको असर नेपालमा ठुलो परिणाममा अवैध सुन भित्रीने तथ्यले पनि पुष्टी गर्छ ।’ इन्दिरा गान्धी विमानस्थलको डाईरेक्टर अफ रेभिन्यु इन्टेलिजेन्सले सुराकीको आधारमा त्यतिका धेरै अवैध विदेशी मुद्रा बरामद गरेको थियो । रकम लिएर दुबई जानका निम्ती एकले जेट एअरवेजको टिकट काटेका थिए भने रकम विमानस्थल पुर्याउन आउने यात्रु भने रकम जिम्मा लगाएर एयर इण्डिया मार्फत भुवनेश्वर जाँदै थिए । टाइम्स अफ इण्डियाको अनलनाइन संस्करणमा डाईरेक्टर अफ रेभिन्यु ईन्टेलिजेन्सका अतिरिक्त कार्यकारी निर्देशक एमके सिंहले दुबईबाट सुन किन्नकै लागी कुनै व्यापारीले त्यतिका रकम अवैध रुपमा पठाउन लागेको दाबी गरेका छन् । उनले भनेका छन, ‘सुन तस्करीमा र्याकेट नै सक्रिय छ । कुनै पनि अनुसन्धानमा हामीले यसको कनेक्सन त पत्ता लगाउन सकेका छैनौं, तर के निश्चित छ भने, अवैध विदेशी मुद्रा विदेश पठाउनुको अर्थ सुनको तस्करी नै हो ।’ मुम्बई र दिल्लीभन्दा कमजोर सुरक्षा व्यवस्था रहेको हैदरावादको विमानस्थलबाट तस्करहरुले बारम्बार अवैध विदेशी मुद्रा दुबई पठाएको देखिन्छ । पछिल्लो घटनामा भने उनीहरुले इन्धिरा गान्धी विमानस्थललबाटै पठाउने आँट गरेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
सुन तस्करीको दिल्ली–काठमाडौं कनेक्सन !
सवाल नेपालसंवाददातासोमबार, १ माघ २०७३

सुन तस्करीको दिल्ली–काठमाडौं कनेक्सन !
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



