झापाको विर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा हुने झापा गोल्डकप प्रतियोगिताको तयारी तीब्र चलिरहेको छ । आगामी माघ १५ गतेदेखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि रंगशालामा प्यारापिट बनाउने काम चलिरहेको छ । राजधानी बाहिरको सर्वाधिक पुरस्कार राशि सात लाख रुपैयाँको उक्त गोल्डकप फुटबलका लागि विभिन्न समितिहरु बनाएर काम अगाडि बढाइएको प्रतियोगिता आयोजक समितिका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । प्रतियोगिताका लागि नेपालका चर्चित फुटबल क्लबहरु प्रायः सबैले भाग लिने झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । उनका अनुसार नेपाल बाहिरका केही टोलीको कन्फर्म हुन भने बाँकी रहेको छ । गुरुङले खेल मैदान मिलाउने काम भइरहेको बताए । उनले आर्थिक संलकन र टिकट छाप्ने काम पनि लगभग भइसकेको जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड