उर्लाबारी (मोरङ), ३ माघ । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले अधिकतम सहमतिमा माघभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ ।

मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले आज बिहान आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री जवेगुले संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएसँगै अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताउनुभयो । देशमा राजनीतिक उपलब्धि हासिल भइसकेकाले अब देशलाई आर्थिक क्रान्तिमा लैजानुपर्ने उहाँले धारणा राख्नुभयो ।

उर्लाबारी–मधुमल्ला हुँदै पाँचथरको रवीसम्म जोडिने सडकखण्ड निर्माणका लागि विशेष पहल गर्ने राज्यमन्त्री जवेगुले आश्वासन दिनुभयो । सो क्रममा उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत)ले यस क्षेत्रमा रहेका उद्योगी तथा व्यापारीको समस्या राज्यमन्त्री जवेगुसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah