काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छी छोरीको शीतलनिवासमा धुमधामसँग विवाह गरेर कन्यादान गरेकी छन् ।

सोमबार राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति भण्डारीले कान्छी छोरीको विवाह गरिदिएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डा. निशाकुशुम भण्डारीले ई. अभिषेक यादवलाई स्वयमंवर ग्रहण गर्नुभयो । विहान १० बजेको शुभ साइतमा स्वयमंवर समारोहमा ई. अभिषेक यादवको साथमा उहाँका पिता ई. मुनीलाल यादव तथा माता किरण यादव समेत आफन्तहरुका साथ शीतलनिवास आउनुभएको थियो ।’

विज्ञप्तिमा भनिएको छ, ‘सो अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू एवम् उहाँका परिवार र आफन्तजनहरु समेतको उपस्थिति रहेको थियो ।’

विवाह कार्यक्रममा शुभकामना एवम् आशीर्वाद दिन परिवारजन, आफन्तजन एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति जनाइएको छ ।

दैनिक नेपाल बाट सभार