दमक/झापा दमकका लोकप्रीय युवा ब्यवसायी एवं दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले नयाँ ब्यवसाय शुरु गरेकाछन् ।

उनले दैनिक घरेलु आवश्यकीय सामाग्रिहरु बिक्री गर्नका लागि  जनता मिनिमार्ट  सञ्चालनमा ल्याएकाहुन् । यहाँ दैनिक घरमा चाहिने खाद्य लगायतका अन्य सामाग्रिहरु उपलब्ध होइन प्रोपाइटर खतिवडाले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबारदेखि सञ्चालनमा आएको मिनिमार्टमा गुणस्तरीय सामान सर्वसुलभ मुल्यमा उपलब्ध गराइने खतिवडाको भनाइ रहेको छ । उनले बढी नाफाभन्दा पनि उपभोक्ताले सहज रुपमा गुणस्तरीय सामान पाउन भन्ने आफ्नो ध्यय रहेको जनाए ।

लामो समयदेखि दमकमा ब्यवसायीक क्षेत्रमा कृयाशिल खतिवडा दमकमा स्थापित र सफल ब्यवसायी हुन् । उनको यो ब्यवसाय दमक नगरपालिका र फाल्गुनन्द चोकको बीचमा रहेको छ ।