एजेन्सी । माेवाइल फाेन प्रयाेग नगर्ने सायद संसारमा कमै हाेलान् । हाम्रै नेपालकाे तथ्याङ्कलार्इ हेर्ने हाे भने पनि माेवाइल प्रयाेगकर्ता अति धेरै छन् । हालै सार्वजनिक गरिएकाे एक तथ्याङ्क अनुसार नेपालमा विभिन्न मोबाइल सेवा प्रदायकसँग हालसम्म ३ करोड ८३ लाखभन्दा बढी प्रयोगकर्ता आवद्ध भएका छन् । गत असारसम्मको तथ्यांकअनुसार मोबाइल सेवातर्फ विक्री वितरण भएको जीएसएम सिमको संख्या मात्र ३ करोड ६२ लाख छ । २० लाख ६२ हजारभन्दा बढी सीडीएम प्रविधिका प्रयोगकर्ता छन् । याे तथ्याङ्कबाट पनि माेवाइल प्रयाेगकर्ता धेरै रहेकाे प्रष्ट हुन्छ ।

तर ध्यान दिनुपर्ने कुरा के छ भने यसरी अत्यधिक मात्रामा माेवाइल फाेन प्रयाेग गर्नु स्वास्थ्यका लागि हानिकारक हुने एक अध्ययनले देखाएकाे छ । अध्ययनअनुसार केही अवस्थामा माेवाइल प्रयाेग गर्नु खतरनाक मानिन्छ । यी ६ अवस्थामा माेवाइल फाेन प्रयाेग गर्न नहुने जानकारहरू बताउँछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहान उठ्ने बित्तिकै

यूकेकाे एक अध्ययन अनुसार बिहान उठ्ने बित्तिकै माेवाइल फाेन प्रयाेग गर्ने बानीले तनाब तथा चिन्ता बढ्ने हुन्छ । मानसिक रूपमा हुने यस्ता तनाबले ब्यक्तिकाे खुशी नै हराउँदै जान सक्छ । त्यसैले बिहान उठ्ने बित्तिकै माेवाइल प्रयाेग गर्नु हुँदैन । हाम्राे बानी भने सिरानी मै फाेन राखेर सुत्ने र अाँखा खुल्ने बित्तिकै माेवाइल हेरिहाल्ने वा चलार्इहाल्ने गरिन्छ । त्याे स्वास्थ्यका दृष्टीले हानिकारक हुन्छ ।

काम गर्नु पहिले

विज्ञहरूका अनुसार कुनै पनि काम वा छलफलभन्दा पहिला माेवाइल फाेन प्रयाेग गर्नाले तपार्इँकाे कार्य क्षमतामा कमी अाउनसक्छ । यसका साथै केही अध्ययनहरूबाट खुलासा भइसकेकाे छ की माेवाइलमा देखिएका बिभिन्न कुराहरूकै कारण पनि काममा नकारात्मक असर पर्न सक्छ ।

काम गरिरहेकाे अवस्था

करियर काेच स्टीव बैंगकाे मान्यताअनुसार कुनै पनि काम गर्न शिलशिलामा धेरैजसाे मानिसहरू अाफ्नाे काममा हराउँछन् । तर यस्ताे अबस्थामा बज्ने माेवाइल फाेनकाे घण्टी बज्नाले काममा समस्या उत्पन्न हुन सक्छ । कामप्रतिकाे ध्यानभङ्ग हुनाले काम नै बिग्रिन पनि सक्छ ।

पढ्ने समय

हामीले माेवाइल नजिकै राखेर पढ्ने गरेका छाैँ । तर यसले पढाइप्रतिकाे ध्यान भङ्ग हुन सक्छ । बढी माेवाइल चलाउनाले पनि पढ्दै गर्दा बारम्बार माेवाइल र त्यसमा गरिएकाे म्यासेज अथवा कल लगाएतका कुनै पनि कुराप्रति ध्यान जानसक्छ । यसकाे सिधा असर पढाइमा पर्नसक्छ । त्यसैले सकेसम्म लत बस्ने गरी माेवाइल चलाउनु राम्राे हुँदैन ।

राति अबेर वा सुत्नुअघि

राति अबेरसम्म पनि निद्रा नलाग्नुकाे एउटा कारण माेवाइल पनि हाे । माेवाइल स्क्रिनबाट निस्कने प्रकाशका कारण स्लीप हार्माेन मेलाटाेनिन् प्रभाबित हुन्छ । यस हार्माेनमा पर्ने असरले ठीक तरिकाले निद्रा लाग्दैन । यदि अारामदायी मिठाे निद्रा चाहानुहुन्छ भने सुत्नु अघि माेवाइल फाेन प्रयाेग नगर्नु नै राम्राे हुन्छ । केही दिन अभ्यास गरेर हेर्नुहाेस् ।

सुतेर माेवाइल नचलाउनुहाेस्

राती सुतेर माेवाइल चलाउनुहुन्छ भने अाजैबाट याे बानी छाेड्नुहाेस् । किन की राती सुतेर माेवाइल चलाउने बानीले बेलाबेला निद्रा खुल्ने समस्या अाउनसक्छ । अझ कतिपयले त राती निद्रा खुल्नासाथ पनि माेवाइल नै चलार्इ हाल्ने बानी हुन्छ याे खराब बानी हाे । यसरी राती निद्राकाे बीचमा पनि फाेन चलाउनाले नै थकानकाे महसुस हुन्छ । राम्राेसँग निद्रा नपरेकै कारण पनि बिभिन्नखालका राेगहरूले अाक्रमण गर्न सक्छ । त्यसैले माेवाइलकाे प्रयाेग अनावस्यक रूपमा गर्नु रामाे हाेइन ।