आदरणीय कमरेडहरु, रातो लाल सलाम
तपाईहरुको गिरफ्तारीले केहि सब्द लेख्न मन लाग्यो,पिजडाको पर्खाल संग सर्बहारा बर्गको महान बिचार झुक्ने छैन ।
सर्बहारा बर्गको न्यायको बाटो हिडेको बदला तपाईहरुलाई गिरफ्तार गरिएको छ । जनताले आफ्नो भविष्यको आफै निर्णय गर्ने व्यवस्था ल्याउन तपाईँले खेलेको भूमिकाकै कारण तपाईँलाई जेल हालिएका सारा श्रमजीविहरुले बुझेका छन् । उनीहरु तपाईँहरुको गिरफ्तारी विरुद्ध सबैले न्यायको बहस गरिरहेका छन् । जनताको भविष्यको लागि आफ्नो जीवनको बाजी लगाउने तपाईंहरु जस्ता योद्धाहरुलाई जेलमा राखेर बामपंथी कम्युनिस्ट सरकारले निकै तानाशाही कदमको संकेत ल्याउदै छ ।
जनताले प्रश्न गरिरहेका छन्, न्यायको आवाज बोल्न अधिकारको माग गर्न यहीँ संविधान र मानव अधिकारको समेत कुनै प्रभाह नगरी ।यातना गृहमा विभिन्न मुद्दा लगाइ भर्ना सुरु भएको छ । संगै मोर्ने संगै लड्ने कसम खाएका हातहरु अहिले एक आपसमा भिडन्त हुदैछ । हातमा हात काधमा काध मिलाउने उद्घोष गरेका नेतृत्वहरु कोहि जेल जादा ताली कोहिले कुर्सी पाउदा ताली कोहिले नेता पाउदा ताली सबै ताली बजाएकै छन् ? यी र यस्तै प्रश्नले निकै सताउने गरेको छ । यसको उत्तर दिने हैसियत हामीसँग छैन । सम्झँदा आक्रोस र पीडाले धड्कन निकै बढेको बढै छ । के गर्ने आफूलाई कन्ट्रोल गर्नुको विकल्प छैन ।

कम्युनिस्ट सरकारको नाममा जतासुकै अत्याचार भोग्नु भन्दा । नझुक्ने बरु जेलको सामना गर्ने हिम्मतप्रति सर्वहारा वर्गले सलाम गरेको महसुस भएको छ । तर, गणतन्त्रलाई भजाएर कम्युनिस्ट सत्ताको नाममा सत्ता–भत्ता र लत्तामा बिकेका मान्छेलाई घृणा लागेर आउछ। यी दुई दिन सत्ता भत्तामा रमाउनुको कुनै अर्थ छैन । तपाईँले हिजो सत्यको बाटो कहिले अपुरो र अधुरो हुनेछैन। क्षणिक रुपमा जेलमा कैद भएपनि सत्य पुष्टि भएरै छोड्ने छ आदरणीय कमरेडहरु सबै भन्दा बहादुर र राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण हिजो पनि सत्य र भोली पनि सत्य कै रहेने छ । सत्यविरुद्ध जालझेल षड्यन्त्र जति गरेपनि केहि दिनको गाइजात्रा मात्र हो ।मुख्य कुरा बर्गिय बिचार संग इतिहास बनाउने र बर्गिय सत्ता स्थापना गर्न सबै संघर्ष गर्न तयार हुने बैज्ञानिक बिचारमा जुट्ने आट हुनुपर्छ । यदि बाटो सत्यको हो भन्ने तपाईंको सत्यलाई दुईचार दिन कसैले अपहरण गरेपनि विचार मार्न कसैले सक्नेवाला छैनन् ।

आदरणीय कमरेडहरु,वर्गीय नाताले म यति बेला एकदमै भावुक निराश र आँखाबाट आँशुका धारा बगिरहेको हुन्छु ।हुन त म कुनै पार्टीको कार्यकर्ता त होइन । सबैको पुर्ब कार्यकर्ताको हैसियतले बर्गिय माया लागेर आउछ । सुन्दर संसार निर्माण गर्ने अठोट गरेको पुर्ब कार्यकर्ताको हैसियतले दुई सब्द व्यक्त नगरी बस्न सकेन ।जनयुद्धको एजेन्डा स्थापनाको विषय संग जोडिएको विषय पिजडामा राखेर हुनेभए मुख्य नेतृत्वको टाउको मुल्य तोक्दा पनि हजारौं पिजडाको प्रर्खाल खडा गर्दा पनि त्यो सम्भव भएन ।किन कि हामी संग बैज्ञानिक बिचार थियो ।

कमरेडहरु, हामीले एउटै कसम खाएका कोहि संसदीय अभ्यासमा छौ ।कोहि अधुरो क्रान्ति पुरा गर्न भन्दै न्यायको मैदानमा छौ ।परिवर्तनको मोर्चामा कमान्डर भएर जनयुद्ध लड्ने घाइते योद्धाहरु शरीरभरी बम र गोलीका पोका बोकेर मरुभूमिमा भेडाको गोठालो लागेर शरीरका अंगबाट पिप निचोर्दै गुजरा गरिरहेका छन् । म आफैपनि जीवन गुजराकै लामो समय विदेशी भूमिमै त्यसैगरी पसिना र आँसु बगाएर फर्किएको हुँ । अहिले पनि १२ घन्टा श्रम गरेर बल्लतल्ल बाच्न सकेको छु ।नेपालमै सुन्दर संसार देखेका युवाहरु विदेशमा आफ्नो भविष्य देख्नु पर्ने गणतन्त्रमा व्यवस्था भनिएको छ ।

सहिद परिवार बेपत्ता परिवारमा चिन्ता चासो र निराशा छाएको छ । किनभने गणतन्त्र ल्याउनेहरु अधिकार माग्नेहरु न्यायको आवाज बोल्नेहरुलाई जेलनेल हुनेभए, हाम्रा छोराछोरीले बगाएको रगत के को लागी थियो भन्ने भावुक प्रस्न उठेको छ । तपाईँहरुको गिरफ्तारीले सहिद परिवारलाई थप पीडा थपिएको छ । आदरणीय कमरेडहरु, तपाईँको घाइते शीरर पिजडाभित्र बिताउन निकै नै कष्ट भएको होला इतिहासले सबैको सहि मुल्यांकन गर्नेछ ।

बिचार कसैको गुट होइन ।बिचार कसैको पद होइन ।बिचार सर्बहारा बर्ग सम्पत्ति हो सबैले जोगाएर राख्नु पर्छ ।तपाईंहरु लाई पिजडामा कैद गरिएको छ सर्बहारा बर्ग पिजडा नगएपनि पिजडामा बसेजस्तै जिन्दगी बिताउन बिवस छन् ।बिचारलाई व्यक्तिगत जीवनमा जोड्नेहरु र नाताबाद कृपावाद र कुर्सीवादमा बिक्ने हो भन्ने लामो राजनीतिक इतिहासको कुनै अर्थ छैन ।

आदरणीयकमरेडहरु, तपाईँ गिरफ्तार हुँदा हामी धेरै दुखी भएका छौ । तपाईंहरुको भौतिक शीररलाई जेलमा हालेपनि विचारलाई भने कैद गर्न कसैले सक्ने छैनन् ।

मैले हरेक फेरा हरेक मोडमा दुई चार सब्द लेख्ने गरेको छु ।हुन त मलाई कसैले राम्रो मान्दैन चाहे क्रान्तिकारी पार्टी होस् चाहे संसदीय पार्टीमा ।किन कि मैले गलत चितको तत्काल आलोचना गर्ने गर्दछु । त्यही भएर होला सायद सबैले मलाई त्यही रुपमा लिउने गरेको पाउछु ।

आदरणीय कमरेडहरु,मनमा अनेक सब्द हुँदा हुदै पनि पत्रमा व्यक्त गर्न सकेन । धेरै लेख्ने भनेर सुरु गरेको थिएँ । तर, हात काप्यो, मुटुको भड्कन बढेर भन्न खोजेको कुरा पनि अनेक सोछ संग भुल्न पुगेछु । छोटो हरफ कोरे । पत्रको अन्त्यमा छु । बहुसंख्यक जनताको सुन्दर, सुखद र समृद्ध संसारको उदयको लागी जतिसुकै जेलनेल र यातनाको सामाना गर्न परेपनी बिचार सहि भए सबै सम्भव हुनेछ ।
छिटो पत्रबाट बिदा………
उहि टिकाराम वली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय