रेल विभागले ११ हजार १ सय २३ ओटा रुख काट्न वन तथा भू–संरक्षण मन्त्रालयसँग स्वीकृति माग गरेको छ। मेची महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि सागरनाथ वन विकास परियोजनाअन्तर्गतका वनमा पर्ने उक्त रुखहरु काट्न मन्त्रालयसँग स्वीकृति मागेको हो।

‘मेची महाकाली रेलमार्गअन्तर्गत १०८  किलाेमिटर वर्दिबास–सिमरा खण्डमा पर्ने सागरनाथ वन विकास परियोजनाका रुखहरु काट्न सिफारिस मागिएको छ,’ विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले भने, ‘मन्त्रालयले स्वीकृति दिनासाथ काम अघि बढ्छ।’

स्वीकृतिका लागि विभागले पठाएको पत्र भने वन मन्त्रालयका सचिवको टेबुलमा थन्किएको छ। वन मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर पारित गराउनु पर्ने उक्त पस्ताव मन्त्रालयका सचिव कृष्णचन्द्र पाैडेल माघ २ गते अवकाशप्राप्त भएपछि अलपत्र परेको हो।

सचिवको अवकाशपछि मन्त्रालयले सहसचिव डा. पेम नारायण कँडेललाई निमित्त सचिवको जिम्मेवारी दिएको छ। निमित्त सचिवले भने आफूले अध्ययन गरेर उक्त प्रस्तावमा चाँडै निर्णय लिने जानकारी दिए।

‘भर्खरै मात्र निमित्त सचिवको जिम्मेवारी पाएको छु,’ कँडेलले भने, ‘फाइल अध्ययन गरेर निर्णय लिइने छ।’
सागरनाथ परियोजनाअन्तर्गत सर्लाही र महोत्तरीमा पर्ने वनमा रहेका साल, सांज, मसला, बाँझी, सिमल, सत्तीसाल, कर्मा, जामुन, खयर, टिक, सिसौलगायत गरी करिब १ लाख ५० हजार क्युविक फिट काठ काट्न विभागले प्रस्ताव गरेको हो।

वन क्षेत्रभित्र पर्ने रुख काट्ने अनुमति दिन भइरहेको भए पनि रुखविरुवा नभएका ठाउँ, खोलानालमा समेत काम गर्न मन्त्रालयले स्वीकृति प्रदान नगर्दा सिभिल निर्माणतर्फको काम अघि बढ्न नसकेको विभागको गुनासो छ।

रुख नभएका खाली ठाउँमा निर्माण कार्य अघि बढाउन स्वीकृति दिन उच्च स्तरीय समितिले मन्त्रालयलाई निर्देशसन दिएको थियो। तर, मन्त्रिपरिषद्ले नै त्यस्तो प्रस्ताव पारित गर्नुपर्ने भन्दै मन्त्रालयले हालसम्म स्वीकृति दिएको छैन।

मेची–महाकाली रेलमार्ग अन्तर्गत निर्माणाधिन सिभिल कन्स्ट्रक्सन कार्यहरू हेर्नुहाेस् तस्बिरमाः













प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah