काठमाडौं । भरखरै मात्रै सम्पन्न बिम्स्टेक वैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकिकरण पछि सिर्जना भएको आन्यौलताका बारेमा नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने लोकप्रिय कार्यक्रम ‘नेपाली वहसमा’ पत्रकार ऋषि धमलाले नेकपाका शिर्ष नेता झलनाथ खनालसँग गरिएको रोचक अनि घोचक अन्तरवार्ताको सम्पादीत अंशः

के गर्दै हुनुहुन्छ अचेल ?

म कार्यकर्ताहरुसँग मुलुकलाई कसरी समृद्धितर्फ अग्रसर गर्न सकिन्छ भनेर छलफल गर्नमा व्यस्तछु । देशको राजनीतिक, देशको भलाई, जनतालाई सकरी सुखि बनाउन सकिन्छ भनेर लागि रहेको छु ।

कार्यकर्ताहरुको आवाज के छ ?

देशलाई सकरी समृद्धि र अग्रगतिमा लैजाने भन्ने आवाज छ । चिन्ता देशको छ । राष्ट्र नयाँ युगमा आएको छ । युद्ध, संघर्ष र त्याग, बलिदानको माध्ययमबाट मुलुक नयाँ दिशातर्फ मोडिएको छ । यस अवस्थामा यूवाहरुले देशको तिन्ता गरेको पाईएको छ । मुलुकमा विकासको लहर आउनुपर्छ भन्ने भावना छ ।

विकासको लहर आउनुपर्छ भनेर मात्रै हुन्छ ? खैत त्यो विकासको लहर ?

त्यो लहर आउछ, केही समय लाग्छ । पाँच छ महिना मात्रै भयो सरकार बनेको । तर केही कुराहरुमा अग्रगति देखाउनुपर्ने थियो । यसका बारेमा पार्टी गम्भिर छलफल हुन्छ । विकासको बारेमा सरकारले खेलेको भूमिकाका बारेमा पुनविचार गरेर अगाढि बढ्नुपर्ने हुन्छ ।
जनताका समस्या समाधान र विकासको युग सूरु हुन सकेन नि ?

विकासका कामहरु हुँदै नभएका होईनन् । अहिले तीन तहको सरकार छ । हिजो केन्द्रको मात्रै सरकार थियो । स्थानीय तह र प्रदेश सरकारले विकास निकासका कामहरु गरिरहेका छन् । कतिपय नपा, गापामा राम्रा काम भएका छन् । स्थानीय तहको बारेमा छलफल गर्नुपर्यो । कर लगाउँदा खेरी एउटै नियममा रहेर लगाउनु पर्यो । एक रुपताका अधारमा कर लगाईनु पर्छ ।

संघीयता अभिसाव बने कै हो ?

मैले त्यसो भन्दिन । संघीयता भरखरै लागू भएको छ । संघीयता आवश्यकता थियो या थिएन भनेर हिजोपनि छलफल भएको हो । हिजोका दिनमा मैलेपनि संघीयताका बारेमा केही फरक मत राखेको थिए । तर संविधान बनायौं । कार्यन्वयनको शिलसिलामा छौं । हाम्रो देशको लागि संघीयता बेल्कुलै प्रयोग हो । यो प्रयोग सफल हुन्छ या असफल हुन्छ । त्यो भविष्यले बताउछ । तर अहिले यसको प्रयोग भईरहेको छ । त्यस कारण यसलाई असफल बनाउन भनेर भन्नु हुँदैन । हामीले यसलाई अधिकतम सफल बनाउन लाग्नुपर्छ । गर्दा गर्दा हुँदैन भने त्यसको बारेमा छलफल हुनैपर्छ । सिंगो समाज, मानवका चिन्तन परिवर्तन भएको स्थिति छ ।

मधेशवादी दलहरुले संविधानलाई पूर्ण रुपमा स्वीकार गरेको पाईदैन नि ?

संविधान संशोधन फरक कुरा हो । हाम्रो मुलुकमा संविधान नमान्ने कुनै नागरिक नै छैन् । मधेशका पार्टीले मानेका छन् । संविधान नमानेको भन्न मिल्दैन । संविधान फेरवदल फरक कुरा हो । आवश्यकता र सहमतिको आधारमा संविधान परिमार्जित हुँदै जान्छ ।

संविधान संशोधन आवश्यकता हो कि होईन ?

म त्यस्तो खाँचो देख्दिन । तराईका पार्टीहरु संविधान संशोधन भनिराख्नु भएको छ । उहाँहरुसँग म छलफल तयार छु । मेरो पार्टी पनि तयार छ ।

उसो भए संविधान अनिवार्य संशोधनको आवश्यकता छैन् ?

हो छैन् । तर संसदले त्यसको निर्णय गर्ने भएका कारण मुलुकको आवश्यकता र औचित्यको आधारमा मात्रै संविधान संशोधन हुनुपर्छ । दुईहिताईले संविधान संशोधनको महसुस गरेको खण्डमा हुन्छ । हिजोका दिनहरुमा संविधान संशोधन भयो । त्यो आवश्यकता थिएन् । संविधानले कुनै ठूलो समस्या सिर्जना गरेको थिएन । उठेका आवजहरुको समस्या हुन्की भनेर संशोधन गर्नुभयो तर त्यो संशोधनले कुनै समस्या समाधान गर्न सकेन । आजभन्दा पहिले गरिएको संविधान संशोधनले कुनै लछारपाटो लगाएन । त्यसैले संविधान जस्तो कुरालाई हल्का रुपमा लिएर हिड्नु हुँदैन । दिर्घकालिन रुपमा देश र जनताको हितमा छ कि छैन ? संविधान संशोधन गुच्चाखेल हुनुहुदैन ।

संघीयता निक्कै महंगो भयो नि ?

हो अहिलेको जमना भनेको आधुनिक जमना हो । कुनाकाप्चाका जनताले महसुस हुनेगरि यो कुरा उठेको छ । संघीयतालाई पारदर्शिता र ईमान्दारीताकासाथ लागू गर्नतर्फ सबै लाग्नुपर्छ । स्थानीय तहमा जनताहरुले संघीयताले के दियो ? त्यसबारेमा पनि छलफल हुनुपर्छ । संघीयताका बारेमा, मुलुकको हितका बारेमा राष्ट्रिय सहमति हुनुपर्छ ।

अझैपनि राष्ट्रिय सहमति आवश्यक छ भन्ने तपाईको तर्क हो ?

बेल्कुल हो । प्रतिष्पर्धाको नाममा एकअर्कामा भिडन्त गर्नुपर्छ । एउटाले जित्ने अनि अर्कोले हार्ने । जित्नेले हार्नेमाथि साशन गर्नेमात्रै लोकतन्त्र हो ? त्यसैले हाम्रो राष्ट्र सानो छ । हामीसँग स्रोत साधन कम छ । यसको समुचित उपभोग आवश्यक छ । दुईतिर ठूला शक्तिशाली राष्ट्रछन् । मिलेर जानुको कुनै विकल्प छैन् । हामी एकआपसमा शक्तिको आडमा हेप्ने र हेपिने गर्न थाल्यौ भने त्यसको फाईदा अरुले उठाउछन् । विदेश नीतिका बारेमा सबै एक स्थानमा आउनुपर्छ ।

परराष्ट्रनीतिका बारेमा राष्ट्रिय सहमति हुनसकेन नि ?

हाम्रो सरकार छ । मेरो आह्वान मेरो सरकारलाई छ । विदेश नीतिका बारेमा वृहत छलफल गरौं । परराष्ट्रमन्त्रालय यसको प्रस्तावक बनोस् । सबै राजनीतिक दलहरु एक स्थानमा बसेर यसका बारेमा निर्णय गरौं । र्वतमान र भविष्यको लागि उचित किसिमको बिदेश नीति बनाउँ । बिदेश नीतिको बारेमा स्थीर नीति आवश्यक छ । एउटा सरकार आउँदा एउटा नीति, अर्को सरकार आउछ अर्को नीति ल्याउछ । यस्तो पाराले हुँदैन । जुन सुकै सरकार आएपनि विदेश नीति एउटै हुनुपर्छ । आधारभुत आवश्यकता अनुसार भन्दा पनि आफ्नो भलाईका आधारका परिर्वतन गर्नाले राष्ट्रलाई हित हुँदैन । सरकारलाई कुनै नीतिले असहज बनायो भने प्रतिपक्षसँग छलफल गर्नुपर्छ । भित्रभित्रै राष्ट्रिय सहमति खोजेर अघि बढ्नुपर्छ । होहल्ला गरेर पनि हुदैन ।

नेता र प्रधानमन्त्रीको ईच्छाअनुसार विदेश नीति परिवर्तन हुन्छ नि हाम्रो देशको ?

हो । आयिन्दा यस्तो हुनुहुँदैन । तल्लो तहका मानिससँग बस्ने । डिनर खाने । यस्तो प्रक्रियाको अन्त्य गर्दै राष्ट्रको हितका बारेमा सबैसँग छलफल वहस गरेर मात्रै अघि बढ्नुपर्छ । आफ्नो स्तरलाई भूलेर जो पायो त्यहिसँग, जुनसुकै समयमा भेट्ने कार्य बन्द गरिनुपर्छ । परराष्ट्र मन्त्रालयले यसको बारेमा गहन भएर लाग्नुपर्छ । विधि बसालेर अघि बढ्नुपर्छ । विदेश नीत र आन्तरिक नीतिका बारेमा विधि बसाल्नुपर्छ ।

भारत र चीनसँगको सम्बन्धमा प्रधानमन्त्री ओली सफल हुनुभएको हो ?

व्यक्ति सफल वा असफल भन्ने कुरा भन्दा पनि हाम्रो देश, हाम्रो पराराष्ट्र नीति के हुँदैछ ? भन्ने कुरा महत्वपूर्ण कुरा हो । ६ महिनाको समयलाई हेर्ने हो भने भारतसँगको सम्बन्ध राम्रो भएर गएको छ । भारतसँग केही असमजदारीहरु छन् । सिमानाको समस्या छ । कालिपानिको समस्या छ । सुस्ताको समस्या समाधान भएको छैन् । समय २१ औं शताब्दिमा आईपुग्दा समेत दक्षिण तिरको सिमानाको नक्साङ्कन वैज्ञानिक रुपले छुट्याउन सकिएको छैन् ।

चीनतिर हामीले उहिले नै टुङ्ग्यायौ । नेपाल र भारतबीचको सम्बन्ध सुधार्न धेरै स्टेप बाँकि छन् । त्यसका लागि उचित वातावरण बनाएर अघि बढ्नुपर्छ । चीनसँग पारवहान सन्धिको लागि केही सहमति आवश्यक छ । भू–परिवेष्ठित देश भएका कारण हाम्रो लागि भारत र चीन दुवै ट्रान्जिट प्वाईन्ट देश हुन । दुवैदेशसँग पारवहनको सुविधाको लागि बिना रोकतोक अधिकार उपभोग गर्नको लागि सहमति गर्नुपर्यो । सबै ढोका खुल्ला हुनुपर्छ ।

बिम्स्टेक वैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासमा जाने भनेर प्रस्ताव गर्नुभएको छ नि ?

नेपाल जन्मदै स्वतन्त्र रुपमा जन्मेको राष्ट्र हो । पृथ्वीनारायण शाहले जतिबेला यो राष्ट्रको निमार्ण गर्दै हुनुुहुन्थ्यो । त्यति बेला उहाँले भन्नु भएको थियो दुई ढुङ्गाबीचको तरुल हो । हाम्रो ईतिहास तथष्टताको आधारमा बनेको छ । शक्ति पृथीकिकरणका पाँच सिद्धान्तलाई मान्ने हाम्रो राष्ट्र हो । संयुक्त राष्ट्रको वडापत्रमा भएका कुराहरु मान्ने राष्ट्र हो । कुनै सैनिकसँग मिसिन जाने हाम्रो नीति होईन । कुनैपनि लविङ्मा जानुपनि हुँदैन ।

त्यो आवश्यक छैन् ?

कहिल्यै पनि आवश्यक छैन् । भविष्यको लागि पनि छैन् । सामुहिक सैन्य अभ्यासमा नेपाल लाग्न सक्दैन । नेपालको आवश्यकतानै होईन ।

यदि प्रधानमन्त्रीले आवश्यकता हो भन्नु भयो भने ?

हुनै सक्तैन । म त्यसको बिरोध गर्छु । प्रस्तावित सैन्य अभ्यासको बारेमा हल्ला हुन भन्नु भएको छ । बरु सार्क राष्ट्रको सम्बन्ध सुदृढ बनाउन तर्फ लाग्नुपर्छ । बिम्स्टेकबाट फाईदा लिनुपर्ने ठाउँ छ भने लिनुपर्छ । सार्कलाई बलियो बनाउनुपर्छ । अरु राष्ट्रका हितका योजनाहरुमा हामीले किन भाग लिने ? यस्ता गल्तिहरु गर्नुहुँदैन ।

भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव अस्विकार गर्न सक्नुहुन्छ ?

संसारको जुनसुकै व्यक्तिले भनेपनि हामी अरुको देशको ईशारामा चल्न सक्दैनौं । चल्नु हुँदैन । मोदीजीले आफ्नो भलाईको लागि राख्नु भयो । हामीले सम्मान गर्छौं तर हामी संलग्न हुँदैनौं । सबैलाईका कुरा सुन्न सक्छौ । हामीसँग सुन्ने क्षमता तमाम छ । यो देशको अखण्डता, यो देशको राष्ट्रियता कसरी जोगाउन सकिन्छ हामीले त्यो गर्र्नुपर्छ । कुन कुरालाई स्विकार गर्ने ? कुन कुरालाई अस्विकार गर्ने ? हामी त्यस कुरामा दृढ भएर अभिनुपर्छ ।

मोदी र ओलीबीचको केमिष्ट्र मिलेको छ नि ?

व्यक्तिहरुबीचको सम्बन्ध राम्रो हुनुपर्छ । त्यस सम्बन्धले देशलाई असर पार्ने काम गर्नुहुँदैन । कमरेड ओली र मोलीजीको सम्बन्ध सुध्रिनुनै राम्रो हो नि ।

पार्टी एक बनाउनु भयो तर कार्यकर्ताहरुलाई एक बनाउन सक्नु भएन नि ?

हाम्रो पार्टी ऐतिहासिक रुपमा एकता भएको छ । देश र कम्युनिष्ट आन्दोलनको आवश्यकता पनि हो । नेता कार्यकताको चाहना पनि हो । सबै तहमा पार्टीको एकिकरण हुनुपर्ने पहिलेनै हो । एकिकरणको लागि नेतृत्व लिनुभएका साथीहरुले अत्यन्तै ढिला गरिरहनु भएको छ । बैठकहरु बस्न नसक्ने काम भएको छ । औन्योल सिर्जना भएको छ । एकताको बारेमा जथाभावि भएको छ । कार्यदले मार्गदर्शनका आधारमा जिल्लामा एकिकरण गर्न सकिएको छैन् । मापदण्डको आधारमा पार्टीका भातृसंगठनलाई मिलाउनु पर्छ । गुटका आधारमा गरिएको एकताले एकता होईन अराजकता सिर्जना गुटका आधारमा गरिएको पार्टी एकताले अराजकता सिर्जना गर्छ । सिंगो देशलाई एक बनाएर अघि बढाउने पार्टी हो । नेकपामा व्यक्तिगत गुटगत स्वार्थको आधारमा हिड्नु हुँदैन । मापदण्डको आधारमा एकता गरौं । नभए त्यसले दुभाग्य निम्त्याउछ ।

भागवण्डामा नेकपामा चल्न थालेको संकेत देखिन थालिसके नि ?

यदि भागवण्डामा जाने हो भने । नोक्सानि हुन्छ । पार्टीमा नेताका मानिस हुन्छन् । खास खास निकटका मानिसहरुलाई संगठनमा ल्याउनु हुँदैन । योग्यताका आधारमा, मापदण्डका आधारमा ल्याउनुपर्छ । योग्य मानिसलाई फालेर अयोग्यलाई ल्याउनु उचित होईन । माथिदेखिनै बिग्रेको छ । वरिष्ठता माथिबाटै विग्रेको छ । मेरो वरिष्ठता जहाँबाट बिगारियो तल्लो तहसम्म वरिष्ठताको आधार बिग्रिएको छ ।

तपाई चुप लाग्नु भयो नि ?

म निरन्तर बोलिरहेको छु ।

तपाईले ओली-प्रचण्डलाई भन्न सक्नु भएन नि ?

मैले पार्टीभित्र पनि आफ्नो कुरा राखेको छु । मेरो त जीवननै संघर्ष हो । राष्ट्र र कार्यकर्तालाई भनिराखेको छु । ५५ वर्ष भयो माक्र्सवादसँगको संगत गरेको । कम्युनिष्ट पार्टीले कसैलाई अन्याय गर्न पाईदैन । पार्टीभित्रनै अन्याय भयो भने बाहिर के हुन्छ ? कुनैबेला ज्याय नपाए गोरखा जानु भनिथ्यो । अब न्याय नपाए नेकपामा जानु भन्ने हो । नेकपामै अन्याय हुन थालेपछि के हुन्छ ? अन्यायका बिरुद्धमा म लड्छु । सबै कार्यकर्तालाई पनि अन्यायका बिरुद्धमा लड्ने आग्रह गर्दछु । अन्याय गरिन्छ भने लड्नुस् । अन्यायका बिरुद्धमा लड्नु कम्युनिष्टको चरित्र हो ।

माधव नेपाल र तपाईकोबीचमा तिक्तता बढेको हो ?

तपाई कसरी थाह भयो ? मलाई त्यो कुरा थाह छैन् । वरियताको बारेमा अन्याय भयो मैले भनेकै हो । त्यो अन्यायपूर्ण कुरा माधव नेपालले कसरी स्वीकार गर्नु भयो मलाई थाह छैन् । उहाँलेने सोध्नुहोस् ।

उहाँले त झलनाथ खनाललाई तेस्रो वरियतामा राख्नुहोस् भनेर भनेको हुँ भन्नु भएको थियो ?

त्यो कुरा पछि गरौला ।

राष्ट्रपति बन्नबाट वञ्चित गरेको अवस्थापछि तपाईलाई पार्टीको नेतृत्वमा पुग्न दिन्छन त ?

म कुनै व्यक्तिको भरमा राजनीतिक गर्ने मानिस होईन । राजनीतिक वैचारिक रुपमा पार्टी चल्नुपर्छ । व्यक्तिलाई प्रथम मान्ने बुजु्रवावादीहरुको व्यक्तिलाई शक्तिशाली मान्छन् । हामी सामुहिक हितका बारेमा, सामिप्यताको हिसावमा काम गर्नुपर्छ भन्ने मान्छे हौं । ओली–प्रचण्ड पार्टीको अध्यक्ष भएका कारण उहाँहरु शक्तिशाली हो । उहाँहरु नेकपा जस्तो पार्टीको अध्यक्ष भएर मात्रै शक्तिशाली हो ।

नेकपाभित्र गुट छैन् ?

केही होलान् । पार्टीभित्र सामुहिक रुपमा नेतृत्व हुनुपर्छ । फोहोर बढार्नुपर्छ । पार्टीको विधान सोचबुजको आधारमा बनाईनेछ । यो पार्टी न ओलीले बनाएको पार्टी हो नत प्रचण्डले नै । धेरै नेताहरुले बनाएको पार्टी हो । कार्यकताले बनाएको हो । जसले राम्रो काम गर्यो त्यो व्यक्तिले नेतृत्व लिन्छ । नेकपाको सरकार पाँचवर्षको लागि हो । नेकपाले चाहेको खण्डमा सरकारका सदस्यहरु फेरवदल गर्नसक्छ । आवश्यकताका आधारमा पार्टीले कदम चाल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय