आर्थिक अभावमा आफ्नाले माया मार्दैछन् सन्देशलाई
धनकुटा । टाउको भरी घाउ र चोट बोकेर हिंडिरहेका धनकुटा चौबिसेका ७ बर्षे बालक सन्देश तामाङ् सबैजना भएर पनि आज एक्लो छन् ।
गएको ४ महिना देखि बुवा–आमा बेपत्ता भएपछि आधा शरिर अपांगता भएका उनी उपचारको अभावमा टाउकोमा घाउ बोकेर थप पिंडाले छटपटिएर हिंड्न बाध्य छन् ।
२०७२ सालमा आफ्नै घर नजिक चुंडिएर झरेको बिजुलीको तारमा खेल्दा करेन्ट लागेर देब्रे कान, हात र खुट्टा गुमाएका सन्देशलाई अहिले फेरी टाउकाको घाउले सताईरहेको छ ।
हात र खुट्टाको भर नहुंदा एक महिना अघि मावलीमा लडेर उनको टाउकोमा गहिरो चोट भएको थियो । कुरुले तेनुपा गाउँको बन्दुके डाँडा वडा नं. ३ निवासी तामाङ्गको गाउँमा उपचार हुन नसकेपछि उनका बाजेले धरान र काठमाण्डौमा प्रारम्भिक उपचार गराका थिए ।
तर करेन्ट लागे देखि हाल सम्म ऋण गरेर उनको उपचारमा १० लाख ५० हजार खर्च गरेका तामाङ्ग परिवारले अब भने आर्थिक अभावमा सन्देशको उपचार गर्न छाडेका छन् ।
बाबु टेक बहादुर कान्छि श्रीमती संग काडमाण्डौ तिर र आमा प्रमिला पनि सम्पर्क बिहिन भएपछि अहिले ६५ बर्षिण बाजे जीत बहादुर तामाङ्ग मात्र उनको सहारा बनेको छ ।
तर आर्थिक अभावमा कुनै उपचार छैन । केवल तातो पानीले सरसफाई मात्र छ । सोहि ठाउँमा रहेको कुरुले तेनुपा मा.बि.मा कक्षा २ मा अध्ययनरत उनी सकिनसकी बिद्यालय जान्छन् । बाजेले पटक–पटक घाउ सफा गरिदिन्छन् । झिंगा नलागोस् भनेर छोपिएको रुमालभरी पिपको टाटो लागेको छ । ‘आथा ! पाप्रा उकिन्छ’ हरेक पटक टाउको सफा गर्न रुमाल निकाल्दा सन्देश पिरोलिन्छन् । ‘पहिलाकै साढे पाँच लाख भन्दा बढी ऋण छ, अब कुनै उपाय छैन’ बाजे जीत बहादुर भन्छन् ।
मावलीबाट टाउकोमा गहिरो घाउ लिएर आएका कान्छा नातीको जीत बहादुरले उनको धरान स्थित बिपि मेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौं कान्ति बाल अस्पतालमा उपचार गराएका थिए ।
‘तिघ्राको मासु काटेर टाउकोमा लगाएको सबै पाक्दो रछ, दिनै ल्याउनु भन्थो पैसा नभएर त्यसै भो’ जीत बहादुरले गुनासो गरे ।
डक्टरहरुले अब उपचार गर्न २ लाख ५० हजार लाग्ने भनेपनि आफूहरुसंग अब कुनै उपाय नभएकोले नातिको बिजोग हेर्न बाहेक अर्को बिकल्प नभएको उनले बताए ।
सन्देश अहिले काका–काकी,दाजु र बाजेसंग बसेका छन् । सबैजना कृषि पेशामा आवद्ध भएकाले आर्थिक अभावमा उनको थप उपचार हुन नसकेको स्थानिय सहकारी चौकका गाउँलेहरुले जानकारी दिए ।
धनकुटाको कर्णाली भनेर चिनिने यो गाउँ जिल्लाकै बिकट गाउँमा पर्दछ । अधिकांश बसाई सरेर रित्तो भईरहेको यो गाउँ प्रदेश नं.१ कै सुख्खा ग्रस्त क्षेत्र हो ।
राजारानी छ नं. बुधबारे सडक खण्डको लाप्सेबाट १३ किमी कच्ची सडकको पहुंचमा यो गाउँ रहेको छ ।
https://youtu.be/MyFRBYe8Qkg



