दमक, ५ माघ–दिवगत आफ्ना दुई आमाको स्मृतिमा झापाको धरमपुर–५ मंगलबारेमा रहेको प्रहरी चौकीलाई साढे तीन लाखको लागतमा प्रतिक्षालय भवन निर्माण गरिदिएका छन् । दिवगत आफ्ना दुई ममतामयी आमा कौशिला र तीरमाया राईको स्मृतिमा छोरा दीपेश राईको सक्रियतामा तीन छोराहरुले सो प्रतिक्षालय भवन निर्माण गरेका हुन् । तीन छोरा मध्ये माइलो दिपेश नेकपा एमाले धरमपुरको अध्यक्ष हुन् । उनी लामो समयदेखी धरमपरको विभिन्न सामाजिक संघ–संस्थाहरुमा क्रियाशिल छन् । बुधबार धरमपुर प्रहरी चौकीमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देबले प्रतिक्षालय भवनको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रहरी निरीक्षक देबले नयाँ संस्कृतिको विकास गर्न हामी आफै जुट्नु पर्नेमा जोड दिए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका प्रनि देबले संस्कार र सँस्कृतिको नाममा भोज–भत्तेर आयोजना गर्दा लाग्ने ठुलो खर्चलाई सकारात्मक क्षेत्रमा लगाउँन आग्रह गरे । उनले दिवगत आमाको स्मृतिमा प्रतिक्षालय निर्माण गर्ने छोरा दिपेश, रुपमान र पदमवहादुर राईलाई दोसल्ला ओढाएर सम्मान गरे । तीन लाख ४५ हजारमा निर्मित सो प्रतिक्षलयमा पचास जना भन्दा वढी वस्न सकिन्छ । कार्यक्रममा प्रतिक्षालय भवन निर्माणकर्ता दिपेश राईले प्रहरी कार्यालयमा आगान्तुकहरुलाई आराम गर्न प्रतिक्षालय निर्माण गरेको वताए । उनले प्रतिक्षालय भवनको उचित संरक्षण र संबद्र्धनमा प्रहरी चौकीले विशेष ध्यान दिनुपर्ने मागसमेत गरे । रुपमान राईको अध्यक्षतामा भएको कार्यक्रममा धरमपुर गाविस सचिव पुर्णशम्सेर कुवँर, धरमपुर गाविसका पुर्वअध्यक्ष बलजित राईले मन्तव्य राखेका थिए । कार्यक्रममा मंगलबारे बजार अध्यक्ष भीम नेम्बाङ, जेष्ठ नागरिक सम्मान प्रतिष्ठान धरमपुरक अध्यक्ष खडानन्द घिमिरे, साना किसान कृषि सहकारी धरमपुर अध्यक्ष यमनाथ चिमोरिया, प्रहरी चौकी धरमपुरका प्रहरी सहायक निरीक्षक गोविन्द सापकोटाको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन खेम दुलालले गरेका थिए ।
प्रहरी चौकीलाई प्रतिक्षालय भवन निर्माण
सवाल नेपालसंवाददाताबुधबार, ३ माघ २०७३

प्रहरी चौकीलाई प्रतिक्षालय भवन निर्माण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



