५ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका महासमिति सदस्य वासुदेव आचार्यले पदबाट राजीनामा दिएका छन् । र, पार्टी समेत परित्याग गरेका छन् ।

अर्घाखाची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ९ निवासी आचार्यले पुस १५ गते राजीनामा पार्टी नेतृत्वलाई बुझाएको र सोही मितिदेखि लागु हुनेगरी सभापति शेरबहादुर देउवाले बुधबार (आज) राजीनामा स्वीकृत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार आचार्यको पुस १५ गतेदेखि नै लागु हुनेगरी पार्टीको साधारण सदस्य समेत खारेज भएको छ ।