काठमाडौँ,२४ भदौ । सम्पन्न र सुखी हुने सबैको रहर हुन्छ तर केही व्यक्तिहरुले आफ्नो इच्छा चाहना पुरा गर्न चाहँदा चाहँदै पनि कहिल्यै आफ्नो रहर पुरा गर्न सक्दैनन् । कठिन परिश्रम गर्दा पनि आर्थिक स्थिती सुधार हुन सक्दैन् । आफुले सोचेको जस्तो जीवन बन्दैन । उनीहरुले आफ्नो जीवन सफल बनाउन हरकदम चालिरहेका हुन्छन् तर भनेजस्तो सहज तरिकाले जीवन निर्वाह गर्न कठिन हुन्छ ।
कसैले थोरै मेहनत गरेपनि सफल जीवन बिताउन सक्छन् भने कसैलले जति कष्ट गरेपनि आर्थिक अभाव जहाँको त्यहि रहने गर्छ । अनेक प्रयास गर्दा पनि असफल हुने गर्छन् । ज्योतिष शास्त्र केही राशी भएका व्यक्तिले जिवनभरि धनको लागि संघर्ष गरिहनुपर्ने बताएको छ । त्यसकारण आज हामी तपाईलाई ती राशीको साथै जीवनभरि आइपर्ने आर्थिक संकटबाट बच्ने उपायहरुको बारेमा बताउन गइरहेका छौँ हेरौँ कुन कुन हुन ती राशीहरु :
मेष राशी : मेष राशी हुने मानिसहरुले हरेक दिन आफ्नो घरको प्रवेशद्धारमा दीप जलाएर उक्त स्थानमा खुर्सानीको धुवा छोडीदिने गर्दा घर परिवारमा आएको आर्थिक संकटबाट टाढा रहने कुरा धार्मिक शास्त्रमा उल्लेख गरिएको छ । पुजाआरधनामा विशेष जोड दिने गर्नाले आर्थिक संकट विस्तारै हट्दै जाने धर्मशारुत्रमा उल्लेख गरिएको छ ।
वृश्चिक राशी : वृश्चिक राशी भएका व्यक्तिमा यस्तो किसिमको संकट आएका विष्णु लक्ष्मीको मन्दिरमा गइ त्यहाँको जल ल्याएर पिपलको बोटमा चढाउँनुहोस् । यसो गर्नाले तपाईमा भएको आर्थिक संकट टाढा रहने ज्योतिष शारुले बताएको छ ।
ज्योतिष शास्त्र अनुसार मेष राशी र वृश्चिक राशी हुनेहरु जविन भरि आर्थिक संकटमा पर्ने उल्लेख गरिएको छ । उनीहरुको भाग्यमा धन र सुख कमै मात्रामा लेखिएको हुन्छ । यस्ता समस्याबाट मुक्ति पाउनको लागि आफ्नो घरमा मानिदै आएको इष्टदेवको पुजा आरधनामा विशेष ध्यान दिनुपर्ने बताइएको छ ।



