दमक÷झापाको लखनपुर–तोपगाछीको क्याम्पा–मङ्गलवारे–शिवगञ्ज सडकको विधिवत शिलान्याश हुने भएको छ । पूर्व प्रधानमन्त्री, झापा क्षेत्र नं. ७ बाट निर्वाचित साँसद तथा नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीबाट बिहिबार दिउसो २ बजे शिलन्यास गर्ने कार्यक्रम रहेको लखनपुर–क्याम्पा–मङ्गलवारे–शिवगञ्ज सडक स्तरोन्नति तथा कमल पुल निर्माण सरोकार समितिका अध्यक्ष हर्कराज राइले बताए ।

शिवगञ्जदेखि हालको धरमपुर, तोपगाछी, लखनपुर गाविसको केन्द्र हुँदै दमक पुग्ने मार्ग झापाको झोडामा आम आवादी शुरु हुनुभन्दा अघिदेखि नै चल्तीमा रहेको मार्गको रुपमा यसलाइ लिइन्छ । राजमार्गको विकास भएपछि यो मार्ग ओझेलमा परी यसको प्रयोग पहिले जसरी हुन नसकेको राइले बताए । सिङ्गो पाँचगाछी, महाभारा, शिवगञ्ज तथा धरमपुर, तोपगाछी र लखनपुर गाविसको भित्री तथा दक्षिणी क्षेत्रका लाखौं जनता पूर्व पश्चिम जता जाने भएपनि पहिले सोझै राजमार्गसम्म जानुपर्ने अनिमात्र पूर्व या पश्चिम जानुपर्ने अवस्थामा रहेकाछन् । समितिले आ.व.२०७०।७१ को बजेट तथा कार्यक्रममा समावेश गर्न सम्बन्धित निकायमा मागपत्र बुझाएको र सोही आधारमा नेपाल सरकारको आ.व.२०७०।७१ मा कमल खोलामा पुलको लागि सर्भे गर्ने कार्यक्रम समावेश भइ सकेको राइले जानकारी दिए । हाल यस समितिले सडकको स्तरउन्नतिका लागि सम्बन्धित निकायमा पुनः पहल गर्ने र पुल निर्माणका लागि आगामी आ.व.मा नै बजेट विनियोजन गराउने कार्यलाई आफ्नो कामको केन्द्रविन्दुमा राखेर कार्य गरिरहेको थियों ।