काठमाडौं, ६ माघ । स्थानीयको निरन्तर अवरोधका कारण उपत्यकाको सडक विस्तार योजना अलपत्र परेको छ। कतै स्थानीयले सीधा अवरोध पुर्‍याइरहेका छन् भने कतै अदालतको स्टे अर्डरका कारण सडक विस्तार अलपत्र परेको छ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार ढोलाहिटी–सुनाकोठी–चापागाउँ (७.२ किलोमिटर) सडक, त्रिपुरेश्वर–कालिमाटी–नागढुंगा (१२ किलोमिटर) सडक, चाबहिल–जोरपाटी–साँखु (१२ किलोमिटर) सडक, जोरपाटी–गोकर्ण–सुन्दरीजल (८ किलोमिटर) सडक, कर्मतारा खोला–हरिसिद्धि–ठैब (४ किलोमिटर) सडकको विस्तार कार्य स्थानीयको अवरोधका कारण अवरुद्ध छ ।
आयोजनाका प्रमुख दीपक केसीका अनुसार केही सडकखण्डमा त स्थानीयले प्रवेशसमेत गर्न दिएका छैनन् । उनले भने, ‘कतिपय ठाउँमा स्थानीयले निरन्तर अवरोध गरिरहेका छन्, कतिपय ठाउ“मा अदालतको स्टे अर्डरले रोकिएको छ ।’
आयोजनाका अनुसार ढोलाहिटी–सुनाकोठी–चापागाउँ र जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकखण्डमा स्थानीयले सडक विस्तारमा खटिएका कर्मचारीलाई छिर्न दिएका छैनन् । ढोलाहिटी–सुनाकोठी–चापागाउँँ निर्माणका लागि आठ महिनाअघि नै ठेक्का सम्झौता भएको हो । ५० करोड रुपैयाँमा निर्माण गर्न लागिएको यो खण्डको निर्माण अवधि २८ महिना तोकिएको छ। तर, आठ महिना बितिसक्दा कामका कुनै प्रगति हुन सकेको छैन ।

त्यस्तै, जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकखण्डको विस्तार कार्य गत साउनबाट सुरु भएको हो । ६० करोड रुपैयाँँमा निर्माण गर्न लागिएको यो खण्ड ३० महिनाभित्र पूरा गर्ने सम्झौता भएको छ। तर, काममा कुनै प्रगति भएको छैन । ‘ढोलाहिटी–सुनाकोठी–चापागाउँमा मुआब्जा पनि नलिने भन्दै स्थानीयले अवरोध गर्दै आएका छन्,’ आयोजना प्रमुख केसीले भने, ‘जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक खण्डमा कर्मचारीलाई चिनोसमेत लगाउन दिएका छैनन्। उनीहरूले भने चर्को मुआब्जाको माग गरेका छन् ।’
त्रिपुरेश्वर–कालिमाटी–नागढुंगा सडक, चाबहिल–जोरपाटी–साँखु सडक र कर्मतारा खोला–हरिसिद्धि–ठैब सडकखण्डमा भने आंशिक काम भएका छन्। तर, स्थानीयले ठाउँठाउँमा अवरोध गरेपछि निर्माणकार्य अवरुद्ध भएका छन् । आयोजनाका अनुसार त्रिपुरेश्वर–कालिमाटी–नागढुंगा सडकखण्डमा गुर्जुधारा, सतुंगल, पुरानो नैकाप, नयाँ नैकाप, थानकोट, तिनधारा र कालिमाटीमा अवरोध छ । चाबहिल–जोरपाटी–साँँखुमा भने दक्षिणढोका, थली, खुलालटार र सलम्बुटारमा अवरोध छन्। त्यस्तै, कर्मतारा खोला–हरिसिद्धि–ठैब सडकखण्डका केही स्थानमा पनि स्थानीयको अवरोध छ ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah