काठमाडौं : इन्टरनेट कम्पनी वर्ल्डलिंक कम्युनिकेसले आफ्ना ग्राहकर्इ विदेश घुमाउने नयाँ योजना ल्याएको छ। दसैं-तिहारलगायत पर्वलाई लक्षित गरेर २३ जना ग्राहकलार्इ विदेश घुमाउने योजना ल्याएको कम्पनीले जनाएको छ।

वर्ल्डलिंक कम्युनिकेसले २३ औं वर्ष पूरा गरी २४ वर्षमा लागेको अवसरमा विजेतालाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इन्टरनेट खरिद वा नविकरण गर्दा समेत छुट दिने योजना वर्ल्डलिंकले ल्याएको छ । नयाँ इन्टरनेट जोड्दा र नविकरण गर्दा ग्राहकले एक वर्षको शुल्क भुक्तानी गरे ४० प्रतिशत छुट पाउने छन्।

यसरी इन्टरनेट जोड्दा ग्राहकले छुटसँगै निःशुल्क ‘सेट अप बक्स’सहित १२ महिना नेटटिभी (आइपी टिभी) प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ। कम्पनीका देशभर दुई लाख ४० हजार भन्दा बढी ग्राहक छन्।