फेब्रुअरी १४ आउनुअगाडि नै पोखरेली तन्नेरी भ्यालेन्टाइन डेको रन्कोमा छन् । गिफ्ट पसलहरु प्रेमको व्यापारमा व्यस्त छन् । युवा–युवती जोडीलाई खुसी मनाउने उपहारको खोजीमा व्यस्त देखिन्छन् । बुके/बास्केट, कट फ्लावर, माला, बगैंचा डिजाइन, इनडोर र आउटडोर प्लान्ट, फ्लावर बुटिक्स, सबै डेकोरेसन र कार्डले भरिएका छन् पसल । रेस्टुरेन्ट, डिस्को र क्लब युवा लक्षित कार्यक्रम बनाउन व्यस्त छन् । होटल जोडी लोभ्याउने योजना बुन्न सक्रिय छन् । ‘भ्यालेन्टाइनको अवसरमा जोडीलाई रुम चार्जमा छुट दिएका छौं,’ स्नोल्याण्ड होटलका सञ्चालक गणेश थापाले भने । भ्यालेन्टाइन डे पारेर पोखराका विभिन्न व्यवसायीले विभिन्न योजना ल्याउँछन् हरेक वर्ष । यो पालि पनि यो क्रम टुटेको छैन । भ्यालेन्टाइन डे पारेर पोखराको गैह्रापाटनस्थित स्टेसन द फुड क्लब एण्ड ससेज पार्कले विशेष छुटको योजना बनाएको छ ।

‘भ्यालेन्टाइन डेको अवसर पारेर हामीले खाजाका सबै आइटममा छुट दिएका छौं,’ स्टेसनका सञ्चालक आयुष श्रेष्ठले भने, ‘हाम्रोमा तन्नेरीहरुको भीड कहिल्यै कम हुँदैन ।’‘भ्यालेन्टाइन डे’ को मौका पारेर पोखराका अल्ट्रालाइट र प्याराग्लाइडिङ कम्पनीले जोडीलाई लोभ्याउने प्याकेज ल्याएका छन् । एभिया क्लबले हरेक वर्ष जोडीलाई २५ प्रतिशतसम्म छुट दिने गर्छ । अल्ट्रालाइटमा एकजना पाइलट एकजना यात्री बस्ने भएकाले जोडी सँगै बस्न भने पाउँदैनन् ।
करिब १५/२० मिटरको फरक पारेर जोडीलाई उडाउने गरिन्छ । उनीहरु आकाशमा एक अर्कालाई हेरेर उत्साहित हुने, कराउने र रमाउने गर्छन् । प्याराग्लाइडिङमा पनि त्यस्तै हुन्छ । भ्यालेन्टाइन डे आउनु एक हप्ताअघि नै चलहपहल बढ्ने भएकाले जोडीको चाप उत्तिकै हुन्छ । ‘युवायुवतीको मुख्य चाड भनेकै भ्यालेन्टाइन डे हो, घुमघामदेखि खाने रमाउनेको चाप धेरै हुन्छ,’ लेकसाइडस्थित क्विन फरेष्ट रेष्टो बारका सञ्चालक हरि भुजेल भन्छन्, ‘यसपटक लाइभ म्युजिक, डिजे सेसन चलाउँछौं ।’ भ्यालेन्टाइनका लागि सो पिस, खेलौना, गिफ्ट आइटम किन्नेको भीड देखिन्छ गिफ्ट पसलमा । कृतिम रातो गुलाफ, डल, सो पिस, फ्रेम, मुटु आकारका विभिन्न खाले गिफ्ट आइटम, ग्रिटिङ कार्डलगायत चकलेटको अत्यधिक माग हुने गरेको साग गिफ्टका सञ्चालक प्रदीप अग्रवाल बताउँछन् । उनका अनुसार यस्ता सामान खरिद गर्नेमा प्लस टु, स्नातक, स्कुले विद्यार्थी र युवा पुस्ताकै बाहुल्य छ ।

रोमनबाट सुरु भएको भ्यालेन्टाइन डे मनाउने प्रचलन नेपालमा बढ्दो छ । अहिले कतिपय पार्क, रेस्टुरेन्ट र एकान्तस्थलमा पाका उमेरका समेत जोडीसँग रमाइरहेको देख्न सकिन्छ । मँगियो ‘प्रेम’ । तीन वर्षदेखि प्रेमिकासँग भ्यालेन्टाइन डे मनाउँदै आएका रामबजारका नवीन गुरुङ भ्यालेन्टाइन डे महँगो हुँदै गएको अनुभव सुनाउँछन् । ‘हरेक सामान महँगो छ, पहिलेको भन्दा गिफ्टका सामान दोब्बरजस्तै भएको छ,’ उनी भन्छन्, ‘यसपटक गिफ्टमा खर्च गर्नुभन्दा गर्लफ्रेन्डसँग घुमघाम गर्ने सोचमा छु ।’

पोखरा न्यूरोडकी सञ्जु अधिकारीलाई पनि यसवर्षको भ्यालेन्टाइन डेमा प्रेमीलाई उपहार दिने कि नदिने भन्ने द्विविधा छ । गिफ्ट दिने सामानको भाउले उनलाई यस्तो बनाएको हो । ‘ब्याइफ्रेन्डलाई गिफ्ट किन्न पैसा दिनुस् भनेर माग्नु पनि भएन’ उनी भन्छिन्, ‘दुई–तीन हप्ताअघि नै मम–ड्याडस“ग पैसा फुस्काइसक्थँे । योपटक अहिलेसम्म मौका जुरेको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah