सिरहा, ८ माघ । हतियार र लागुऔषध बोकेर ससुराली पुगेका एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १ का ३१ वर्षीय श्याम किशोर कापर रहेका छन् ।
कापर आफ्नो ससुराली सिरहा नगरपालिका १२ सारश्वर पुगेका बेला पेस्तोल र लागुऔषधसहित पक्राउ परेको हो ।
स्थानीय पलट यादबसँग विवाद होहल्ला गर्दा घटनास्थल सारश्वर प्रहरी पुगेका थिए ।
सोही क्रममा कापरले ससुरा रामवृक्ष कामतीको घरमा लुकाएर राखेको १ थान पेस्तोल र लागुऔषध नाइट्रोजन ट्याबलेट १ सय थानसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेका कापरमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।



