९ माघ । सिलुवा गाउँ विकास समिति वडा नं ४ पोखरडाँडाका बालबालिकालाई जाडोमा लगाउने टोपी र खेल सामग्री वितरण गरिएको छ ।

शारदा आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ४ देखि ८ सम्मका विपन्न, दलित र मगर समुदायका ९८ जना बालबालिकालाई जापानिज नागरिक समाजसेवी काजुमासा काकिमी (ओकेबाजे)ले जाडोमा लगाउने टोपी वितरण गर्नुभएको विद्यालयका शिक्षक विष्णु सुनारीले जानकारी दिनुभयो ।

साथै उहाँले कक्षा बालविकासदेखि कक्षा ३ सम्मका ५८ जना बालबालिकालाई खेल सामग्री वितरण गर्नुभएको छ । दुर्गमका बालबालिकालाई जाडोमा न्यानो रहन र शारीरिक व्यायामको विकास गर्नका लागि जाडोको कपडा र खेल सामग्री वितरण गरेको ओकेबाजेले बताउनुभयो ।

संरक्षण नहुँदा अलपत्र बन्यो लक्ष्मीनारायण गुठी

रामपुर नगरपालिका वडा नं ६ स्थित खोप्टारमा रहेको ऐतिहासिक लक्ष्मीनारायण गुठीको संरक्षण नहुँदा बेवारिसे बनेको छ ।

विसं १८७९ मा साविक रामपुर गाविस–८ बस्ने तुल्सीराम रेग्मीले निर्माण गर्नुभएको सो गुठीको संरक्षणमा कसैको ध्यान नजाँदा जीर्ण अवस्थामा छ ।

तत्कालीन समयमा गण्डकीबेँसीकै लोकप्रिय अवस्थामा रहेको दरबारका नामले परिचित यस गुठीको संरक्षण हुन नसक्दा महत्व नै गुमेको छ ।

तीनतले आठ कोठा रहेको सो गुठी झन्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

रेग्मी परिवारको स्वामित्वमा रहेको यस ऐतिहासिक गुठीको पुनःनिर्माणका लागि आर्थिक रकम अभावले जीर्ण बन्दै गएको रेग्मी परिवारका बुद्धिप्रकाश रेग्मीले बताउनुभयो । रकम जुटाएर भए पनि अब छिट्टै नै नयाँ गुठीको भौतिक संरचना पुनःनिर्माण गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah