९ माघ । पाँचथर र धनकुटाको सिमाना ६ नं बुधबारेमा एक वर्षअघि शिलान्यास भए पनि अहिलेसम्म महेन्द्रनारायण निधि अस्पतालको निर्माण कार्य सुरु हुन नसक्दा त्यस क्षेत्रका स्थानीयवासी निराश बनेका छन् ।

नेपाली काग्रेसका नेता स्व महेन्द्रनारायण निधिको नाममा बन्न लागेको अस्पतालको वर्तमान उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एक वर्षअघि शिलान्यास गर्नुभएको थियो ।

अस्पताल निर्माण समितिका अध्यक्ष सोमनाथ दाहालको अहिलेसम्म अत्तोपत्तो नभएको र अस्पतालको सेयर निष्कासन गर्ने भने पनि स्थानीयवासीलाई भने केही जानकारी नगराएको स्थानीयवासीको गुनासो छ ।

यस विषयमा बुझनका लागि पटक पटक सम्पर्क गर्न खोज्दा पनि अध्यक्ष दाहालसँग सम्पर्क हुन सकेन । अहिले महेन्द्रनारायण निधिकै सुपुत्र विमलेन्द्र निधि उपप्रधान मन्त्री हुनु भएकाले अस्पताल बन्नेमा भने आशावादी रहेको स्थानीयवासी गणेश वाजी बताउनुहुन्छ । उहाँले भन्नुभयो – “वर्षात्का समयमा सवारी साधनसमेत सञ्ंचालन नहुने भएपछि स्टेचरमा बोकेर बिरामी अस्पताल लैजानुपर्ने बाध्यता रहेको छ ।” अर्का स्थानीयवासी कर्ण लिम्बू भन्नुहुन्छ – “यो अस्पताल बन्छ र हामी झापा, विराटनगर जानुपर्ने बाध्यता हट्छ होला भन्ने ठानेका थियाँै,तर शिलान्यास भएको लामो समय हुँदा पनि काम अघि बढ्न नसक्दा अस्पताल बन्छ भन्ने आश नै मरिसक्यो ।”

यो अस्पताल बन्ने हो भने पाँचथर, धनकुटा, मोरङ र इलामका गरी झन्डै दुई दर्जन बढी गाविसका स्थानीय बासिन्दा लाभान्वित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah