दमक/ वर्ल्ड लिंक दमकले आक्रमक बजार बिस्तार गरिरहेको छ । गुणस्तरीय इन्टरनेट प्रदान गर्ने उदेश्यले झापाको पाडाजुंगीदेखि गौरादहसम्म इन्टरनेट बिस्तार अन्तिम चरणमा पुगेको वर्ल्ड लिंक दमकका प्रमुख राजन तिम्सिनाले बताए ।

उनका अनुसार घरघरमा सहज रुपमा इन्टरनेट पुर्याउनका लागि फाइबर बिस्तारको काम तिब्र रुपमा अघि बढाईएको हो । दशै तिहार तथा चाडपर्वलाइ लक्षित गरेर बिभिन्न अफरहरु समेत ल्याइएको छ । बिदेश घुमाउनेसम्मका अफरहरु रहेको उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
शहरी क्षेत्रमा मात्र केन्द्रित नरहेर ग्रामिण क्षेत्रमा समेत आफुहरुले नयाँ प्रविधिको इन्टरनेट पुर्याउन कसरत गरेको तिम्सिनाको भनाइ रहेको छ ।

स्थानीय सरकारले प्रविधिमा आधारित रहेर आफ्ना सूचनाहरु राख्ने तथा जनतालाइ जोड्न शुरु गरेकाले त्यसलाइ सहयोग पुर्याउन वर्ल्ड लिंकले सेवा बिस्तारमा ध्यान दिएको उहाँको भनाइ छ ।