दमक-दमक वडा नम्बर १५ स्थित शान्तिमार्गको सर्वेश्वर शिवपञ्चायन मन्दिरमा यही माघ १४ देखि २१ गते सम्म श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ हुने भएको छ ।

मन्दिरको पहिलो वार्षिक उत्सव तथा निर्माणाधीन सामुदायिक हलको निर्माणमा सहयोग जुटाउने उद्देश्यले पूराण आयोजना गर्न लागिएको पूराण आयोजक समितिका संयोजक वाईएन चौलागाईले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्दिर समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि पूराणको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संयोजक चम्लागाईले महायज्ञ भव्यताका साथ सम्पन्न गर्न एक दर्जन उपसमितिहरु समेत गठन गरिएको जानकारी दिनुभयो ।

स्थानीय दाताहरुले उपलब्ध गराएको अढाई कठ्ठा जग्गामा मन्दिर तथा हल निर्माण भईरहेको छ । उक्त मन्दिर गत वर्षमात्र स्थानीय दाताहरुको सहयोगमा १८ लाख रुपैयाको लागतमा निर्माण गरिएको थियो । हाल सम्म मन्दिर परिसरमा घेराबारा, मन्दिर निर्माण र हल निर्माणमा ४८ लाख रुपैया बढी खर्च भईसकेको छ । २०६३ सालमा स्थापना गरिएको सो मन्दिरका विभिन्न संरचनामा दमक नगरपालिकाले १ लाख ७० हजार, जिल्ला विकास समिति झापाले साढे तीनलाख र विदेशका दाताहरुबाट करिव ९ लाख रुपैया सहयोग जुटेको थियो ।

यस्तै मन्दिर परिसरमा स्थानीय दाता टेक बहादुर श्रीपाईलीले करिब २ लाख रुपैयाको लागतमा यज्ञकुण्ड स्थापना गरिदिनुभएको छ । एक सातासम्म चल्ने पूराणमा युवा पण्डित कुवेर सुवेदीको कथा बाचन रहने आयोजकले जनाएको छ ।