मेष राशिः मेषराशिका लागि साता अर्थकरी रहनेछ । शत्रु पराजित हुने छन् । परिवारको साथ सहयोग मिल्नुका साथै कार्यमा पनि उन्नति हुने देखिन्छ । कला साहित्यका क्षेत्रमा अभिरुचि रहनछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । अध्ययन अध्यापनका क्षेत्रमा सफलता हात पर्ने देखिन्छ । मित्रजनको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । बिहीबारबाट भने स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

वृष राशिः वृष राशिका लागि साता उन्नतिकारक रहनेछ । भौतिक वस्तुबाट विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययनको क्षेत्र सबल रहनेछ । कला साहित्यमा अभिरुचि रहुनका साथै यात्राका विशेष योग पनि देखिन्छन् । शत्रु निर्वल रहनेछन् । कीर्ति वृद्धिका साथै सामाजिक कार्यमा अभिरुचि रहनेछ । स्वास्थ्य सबल रहनेछ । प्रेम क्षेत्र सफल देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । मंगलबारबाट स्वास्थ्य एवं कार्य दुवैमा सुधार आउदै जानेछ । व्यापार व्यवसायबाट लाभ देखिन्छ । आमदानीमा वृद्धि हुनेछ । शत्रु निर्वलल रहने छन् । अध्ययन अध्यापन कार्य सफल रहनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै प्रेम जीवन सफल रहने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि साता सुखप्रद रहनेछ । पराक्रम बढ्नुका साथै कार्यमा सफलता हात पर्ने देखिन्छ । मित्रजनको साथ सहयोगले कार्यमा उन्नति हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै कला साहित्यका विशेष सफलता मिल्नेछ । व्यवसायमा उन्नति हुनेछ । बोलीको विशेष प्रभाव रहनेछ । सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । धन प्राप्तिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । मंगल र बुधबार कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।

सिंह राशिः सिंह राशिका लागि साता मध्यम फलदायी रहनेछ । सोचेका काम पूरा हुने छन् । धनको क्षेत्र सबल रहनेछ । आर्थिक उन्न्तिका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । पराक्रम बढ्नुका साथै मित्रजनको साथ सहयोग पनि प्राप्त हुने देखिन्छ । कर्म क्षेत्र बलवान् देखिन्छ । आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ । बुधबार र बिहीबार स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः कन्या राशिका लागि यो साता लाभदायी रहनेछ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । आर्थिक वृद्धिका साथै अध्ययन अध्यापनका क्षेत्रमा पनि प्रगति हुनेछ । प्रेम जीवन सुखद् रहनुका साथै सुखद् यात्रबा योग पनि देखिन्छन् । शत्रु पराजित हुनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै मित्रलाभ हुनेछ । बिहीबारबाट भने स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

तुला राशिः तुला राशिका लागि साताको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोध रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट कार्यमा सुधार हुँदै जानेछ । आयआर्जनका अवसर बढ्दै जानेछन् । बोलीको विशेष प्रभाव रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् । सामाजिक कार्यमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः वृश्चिक रािशका लागि साता अर्थदायी रहनेछ । कार्यसिद्धिका योग देखिन्छन् । कर्मक्षेत्र बलवान् देखिन्छ । आय आर्जनका क्षेत्र बढ्दै जानेछन् । अध्ययन अध्यापनमा रुचि जाग्नुका साथै साहित्यमा विशेष लगाव रहनेछ । व्यापारमा वृद्धि हुनुका साथै नयाँ काम मिल्ने योग पनि देखिन्छ । मनमा कार्यगर्ने उत्साह छाउनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् । मंगल र बुधबार आर्थिक अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि साता लाभदायी रहनेछ । पराक्रम बढ्नुका साथै अध्ययन अध्यापनका क्षेत्रमा सफलता हात पर्ने देखिन्छ । श्रीवृद्धि हुनेछ । मित्रजनको साथ सहयोगले कार्यमा उन्नति हुदै जानेछ । आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट विशेष लाभ रहनेछ । पारिवारिक सुख मिल्नेछ । सुखद् यात्राका योग पनि देखिन्छन् । बिहीबारबाट शत्रु भयका साथै कार्यमा अवरोध रहने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि साता अर्थकरी रहनेछ । आमदानीका स्रोत बढ्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य गर्ने उत्साह मनमा छाउनेछ । मित्र सहयोग मिल्नुका साथै कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । कार्य लाभ हुनेछ । स्वास्थ्यको क्षेत्रमा भने सजग रहनु नै उत्तम हुने देखिन्छ । आमदानीका स्रोत बढ्नेछन् । शत्रु पक्ष निर्वल देखिन्छन् ।

कुम्भ राशिः कुम्भ राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यम अवरोध रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट भने कार्यम सुधार हुँदै जानेछ । स्वास्थ्यमा सजग रहनु नै उत्तम हुनेछ । अध्ययनमा रुचि जाग्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक लाभका योग पनि देखिन्छन् । धार्मिक एवं सामाजिक कार्यमा लगाव रहनेछ । पारिवारिक साथसहयोग प्राप्त हुने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि साता लाभदायी रहनेछ । कार्यलाभका योग देखिन्छन् । मित्र सहयोग प्राप्त हुनुका साथै अध्ययनमा पनि रुचि जाग्नेछ । कार्य लाभको योग पनि देखिन्छन् । प्रेम जीवन सफल र सुखद् रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । धातुजन्य पदार्थबाट विशेष लाभ हुनेछ । शत्रु निर्वल रहनेछन् । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah