मेष राशि
२१ र २२ गते सोचेका काममा सफलता प्राप्त रहला । विशिष्ट व्यक्तिबाट दुख सहयोग मिल्ला । मान सम्मान प्राप्त रहला । मनमा उत्साह बढेर जाला । राज्यपक्षबाट साथ सहयोग मिल्ला । २३, २४ र २५ गते विशिष्ट व्यक्तिको सेवा गर्ने अवसर मिल्ला । कपडा तथा विशिष्ट प्रकारका वस्तु लाभ रहला । मान तथा सम्मानमा बृद्धि रहला । मनमा हर्ष बढ्ला । २६ र २७ गते स्वास्थ्य क्षेत्रमा समस्या देखा पर्ला । धन हानी होला । आफन्तजनसँग मनमुटाव देखिएला आर्थिक संकटले मनमा चिन्ता पर्ला । काममा अवरोध आइपर्लान् ।

वृष राशि
२१ र २२ गते राज्यपक्षबाट सुख सहयोग प्राप्त होलान् । मित्रजनबाट सुख मिल्ला । धन वस्त्र आदि लाभ होलान् । धार्मिक तथा वैदेशिक यात्राको अवसर मिल्ला मनमा हर्ष होलान् । २३ र २४ गते मान्यजनबाट सुख सहयोग प्राप्त होलान् । काम कार्यबाट सिद्धि प्राप्त होलान् । मानसम्मानमा वृद्धि होलान् । २५, २६ र २७ गते विशिष्ट व्यक्तिको सेवा गर्ने अवसर मिल्ला धनसम्पत्तिको लाभ होलान् । सुखसुविधाका वस्तुहरु लाभ होलान् । मन हर्षित रहला । विशिष्ट किसिमका कामको थालनी होलान् ।

मिथुन राशि
२१ र २२ गते समय प्रतिकूल होला । सञ्चित धन नाश होला । गरेका काममा अवरोध गर्नेहरू बढी होलान् ।नसोचेका वा दुखद सुन्नुपर्ला । समस्याले सताउला । २३, २४ र २५ गते राज्यपक्षबाट भयहोला । आफन्तीले धोका देलान् । आलस्यता आउला मन भने अशान्त रहला । २६ र २७ गते विशिष्ट व्यक्तिसँग भेटघाट होला । आकस्मिक यात्रा होला । धनहानी भएपनि आर्थिक स्थिति राम्रो रहला । दिन सामान्य भएर बित्ला ।

कर्कट राशि
२१ र २२ गते व्यापार व्यवसायबाट विशेष सफलता प्राप्त होला । सुख सहयोग मिल्ला । धन लाभका अबसर मिल्ला । यात्रा सुखद रहला । । भोजन मिष्ठान्न प्राप्त होला । २३, २४ र २५ गते पेटसम्बन्धी समस्याले सताउला । शत्रुहरूले बाधा गर्लान् । धननाश होला । यात्रा तथा प्रवासमा कष्ट होला । मन शान्त रहला । धैर्य गरि गरेका कामहरु सफल होलान् । २६ र २७ गते राज्यपक्षबाट भय रहला । पुत्र परिवारमा मतभेद होला । धननाश होला । अपमान सहनु पर्ला ।

सिंह राशि
२१ गते विपरीतलिङ्गीहरुबाट सुख सहयोग मिल्ला व्यापार व्यवसाय सफल होला । सवारीसाधनबाट सुख मिल्ला धनलाभ होला । गरेका काम सफल होलान् । २२ र २३ गते अनावश्यक रोगको भय रहला । मान नाश होला । शत्रुहरूले बाधा गरिदेलान् पूर्ण यात्रा गर्नुपर्ला । शारीरिक समस्याले सताउला । चिन्ता पर्ला । २४ र २५ गते राज्यपक्षबाट दर तथा भय रहला । विरोधीहरु सक्रिय रहलान् । पारिवारिक सदस्यबाट सहयोग नहोला । आफन्तसँग मतभेद होला । २६ र २७ गते व्याक्तिको सुख सहयोग प्राप्त होला । मानसम्मान मिल्ला आँटेका काम पूरा होलान् । स्वास्थ्य राम्रो रहला । मनमा उत्साह थपिएला ।

कन्या राशि
२१ र २२ गते अतिथिको सेवा गर्ने मौका मिल्ला । वस्त्र आदि लाभ होला । विशिष्ट व्यक्तिसँगको भेटघाट रहला । व्यापार व्यवसायबाट विशेष आम्दानी होलान्् । २३, २४ र २५ गते स्वास्थ्यमा केही समस्या देखिएला । धनहानी होला । आफन्ती तथा नजिकका व्यक्तिसँग विवाद होला । आर्थिक संकट पर्ला । मित्रजनबाट धोका होला । २६ र २७ गते मिष्ठान्न भोजन प्राप्त होला । पुराना मित्रहरुसँग भेट होला । मनोरञ्जन गर्ने अवसर मिल्ला । मित्रहरुबाट साथसहयोग रहला । धन वस्त्र आदिको लाभ होला ।

तुला राशि
२१ गते गरेका काम प्रायः जसो सफल होलान् । धन वस्त्रादि प्राप्त होला । पठनपाठनका क्षेत्रमा रुचि बढ्ला । परिवारको सुख प्राप्त होला । मनमा हर्ष बढेर जाला । २२, २३ र २४ गते शत्रुहरुको नाश होलान् । कार्य सफल होला । जोशजाँगर बढेर आउला । मित्रजनको सुख प्राप्त होला । मान सत्कारमा बृद्धि होला । समयले साथ देला । २५ र २६ गते महिनाव्यापि वर्गबाट सुख प्राप्त होला । मानसम्मान वृद्धि होला । गरेका काम सफल होलान् । यात्रा फलदायी रहला । सवारीसाधनबाट सुख मिल्ला लाभ होला । मन हर्षित रहला । २७ गते उद्योग व्यावसाय सफल होला । काम गर्ने जोश जाँगर बढ्ला । मनमा उत्साह थपिएला आर्थिक आम्दानीमा विशिष्ट सहयोग प्राप्त होला ।

बृश्चिक राशि
२१ र २२ गते आर्थिक लाभ होला । पठनपाठनमा रुचि बढ्ला । नाताकुटुम्बबाट सहयोग मिल्ला । सुखद यात्रा गर्नुपर्ला मित्रजनहरूसँग भेट होला । मनोरञ्जनात्मक क्षेत्रमा धन खर्च होला । २३, २४ र २५ गते धनलाभ होला । उद्योगधन्दामा सफलता प्राप्त होला । मानसम्मानमा वृद्धि होला । अरुहरुले साथ दिनाले महत्वपूर्ण कार्य बन्ला । २६ र २६ गते शरीरमा रोगको भय रहला । पारिवारिक तथा शारीरिक समस्याले सताउला । अनावश्यक विवाद होला । मानसिक चिन्ता पर्ला । अपमान सहनु पर्ला । भोजन तथा निद्रामा असुविधा होला ।

धनु राशि
२१ र २२ गते अन्न तथा वस्त्रको लाभ होला । मानसम्मान वृद्धि होला । हास परिहास गर्ने मौका मिल्ला । रोगबाट छुटकारा मिल्ने उपहार तथा पुरस्कार प्राप्त होला । मन हर्षित रहला । २३, २४ र २५ गते थोरै भएपनि काममा सफलता मिल्ला । कुटुम्ब तथा स्वजनबाट धोका होला । आर्थिक क्षेत्रबा भने केही लाभ होला । अध्ययनमा आलस्यता फाइदा होला । थोरै सफलता मिल्ला । धेरै परिश्रम गर्नुपर्ला । २६ र २७ गते धनलाभ होला । रहेका क्षेत्रमा सफलता मिल्ला । मन प्रसन्न रहला । सामान्य रुपमा गरेका काम सफल होलान् । साथी तथा सहकर्मीको विशिष्ट सहयोग मिल्ला ।

मकर राशि
२१ र २२ गते स्वास्थ्य विषयमा व्यर्थको खर्च बढ्ला । अनावश्यक विवादमा परिएला । चिन्ताले सताउला । शारीरिक तथा मानसिक कष्ट पर्ला । मनमा दोमन तथा दोधार होला । २३, २४ र २५ गते अन्न तथा वस्त्र आदि लाभ होला । भाग्यले साथ देला स्वास्थ्य क्षेत्रमा आएका समस्या सुधार होलान् । दुख आनन्द प्राप्त होला । सम्मान बढेर जाला । शुभकार्यको थालनी होला । २६ र २७ गते धन आम्दनी होला । मित्रजनबाट धोका होला । पठनपाठनमा त्यति रुचि नरहला । मानसिक असन्तोष रहला । टाउको तथा आँखाको समस्याले सताउला । दुर्घटनाको डर रहला ।

कुम्भ राशि
२१ र २२ गते घरायसी समस्या बल्झाउने छन् । शारीरिक समस्याले पनि सताउने छ । मानसिक चिन्ता पर्नेछ । झगडा तथा वादविवादका कार्यमा बस्नुपर्ला । धनहानि होला । २३, २४ र २५ गते गरेका काम अधुरै रहलान्् । पुत्र तथा आफूभन्दा साना व्यक्तिबाट सुख सहयोग मिल्ला । पठनपाठनमा रुचि बढ्ला । सामान्य किसिमका काम भने सम्पन्न होलान् । दिन सामान्य गतिले बित्नेछ । २६ र २७ गते शत्रुहरुको नाश होलान् । धनु वस्त्र आदि लाभ होला । उद्योग कार्य गर्ने जोश जाँगर आउला । मित्रजनको सुख मिल्ला ।

मीन राशि
२१ र २२ गते धन आम्दानी होला । मानसम्मान बढेर जाला । आरोग्यता प्राप्त होला । मन प्रसन्न रहला । धैर्यपूर्वक गरेका कामहरु सफल होलान् । मन उत्साहित रहला । २३, २४ र २५ गते पारिवारिक कलह होला । पारिवारिक चिन्ता पर्ला शारीरिक समस्याले पनि सताउला । वादविवादमा फस्नाले दिनभर तनाव व्यहोर्नु पर्ला । २६ र २७ गते गरेका काम अपुरै रहला । पठनपाठनमा आलस्यता उत्पन्न होला । पारिवारिक समस्याबाट छुटकारा मिल्ला । आम्दानी होला । दिन शुभ रहला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah